चिकित्सक गोविन्द केसी १७औं अनशनका लागि भन्दै सुदूरपश्चिम प्रदेश आइपुगेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनशन बस्दै आएका उनी अनशनकै लागि डडेल्धुरा आएका हुन । डा. केसी यसअघि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६ पटकसम्म अनशन बसेका थिए ।
काठमाडौंमा चिकित्सक संघको केन्द्रीय कार्यलयमा अनशन बस्ने तयारी भए पनि ठाउँ नदिइएपछि डा. केसी अनशन बस्न डडेल्धुरा आएका हुन् ।
नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरूलाई सरकारी खर्चमा उपचारका लागि विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठह¥याएकालाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै उनी अनशन बस्न लागेका हुन् ।

Related