• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा नेतृत्व लिन २५ जना उमेदवार चूनावी मैदानमा, ११ जना स्वतन्त्र

"उमेदवार बन्नै रहर जागेपछि कसको के पो लाग्छ ? "
  •      /२१ कार्तिक २०७६, बिहीबार १२:१५ ,  प्रकाशीत
  • कास्की निर्वाचन क्षेत्र नं.२ का लागि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २५ जना उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । जसमा ११ जना स्वतन्त्रतर्फका उम्मेदवार पनि छन् ।

    यो निवार्नचन क्षेत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराईका साथै प्रमुख प्रतिपक्ष कांग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।
    साझा पार्टीका रजनी केसी, राप्रपाका रोमबहादुर भण्डारी, नेपाली कांग्रेस वीपी पार्टीका चन्द्रबहादुर रानाभाट, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा र मङ्गोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरुङले पनि उम्मेदार मनोनयनपत्र दर्ता गरेका छन् ।

    यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेकपा मालेका टेकनाथ भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टी स्वतन्त्रका गंगा मल्ल, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहल् पनि उम्मेदवारी दर्ता गराएका छन् ।

    कास्कीमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी, कमलजंग कुवँर, जमुना शर्मा, लक्ष्मीकुमारी भुजेल, सुनिल भुषाल, सुनिलबहादुर कोइराला, उमनाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला र पुरुषोत्तम खनालले पनि उम्मेदवारी गर्दा गराएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

    प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार २५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    यसैबीच उम्मेदवारी मनोनयन दर्ता लगत्तै दलहरुले चुनावी सभा थालेका छन् । नेकपाले उम्मेदवारी मनोनयनसँगै पोखराको रत्न चोकमा र काँग्रेसको पोखरा एयरपोर्ट नजिक मुस्ताङचोकमा चुनावी सभा गरेको थियो ।

    नेकपाको सभामा नेता दिननाथ शर्मा र कांग्रेसको सभामा पार्टीका उपसभापति विमलेन्द्र निधी प्रमुख वक्ताका रुपमा सहभागी थिए ।

    यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.