जापान पुगेका पोखराका चिरञ्जीवीको ट्रकको ठक्करबाट मृत्यु
/२२ कार्तिक २०७६, शुक्रबार १३:३८ , प्रकाशीत
जापानको सेन्दाइ सहरमा ट्रकले ठक्कर दिँदा एक नेपाली युवकको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार बिहान ४:२० बजे भएको घटनामा कास्कीको हेम्जा घर भएका चिरञ्जीवी गिरीको मृत्यु भएको हो । स्रोतका अनुसार जेब्राक्रसमा बाटो काट्ने क्रममा २६ वर्षीय गिरीलाई ट्रकले ठक्कर दिएको थियो ।

गिरी तीन महिना अघि मात्र जापान पुगेका थिए ।
Related