पोखरा महानगरले मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्कायो
/२९ फाल्गुन २०७४, मंगलवार १४:४५ , प्रकाशीत
पोखरा,२९ फागुन । पोखरा लेखनाथ महानगरपालिकाले महानगर भित्र मापदण्ड मिचेर बनाएका संरचनाहरु भत्काउने अभियान थालेको छ। जनप्रतिनिधिहरु निर्वाचित भएर कार्यभार सम्हालेको लामो समय वितिसक्दा पनी महानगर भित्रका सार्वजनिक ठाउँमा अतिक्रमण नरोकिएको भन्दै स्थानीयले विरोध सुरु गरेपछि महानगरपालिकाले भिमकाली पाटन तमु समाजको पर्खाल डोजर लगाएर भत्काएको छ।
महानगरपालिका मंगलवार वडा नंम्वर १ भिमकालीपाटन बगर स्थित सार्वजनिक जग्गा मिचेर स्थानिय भिमकाली पाटन तमु समाजले लगाएको पर्खाल महानगरपालिकाले भत्काएको हो ।
phile pic
सार्वजनिक बाटो मिचेर समाजले भवनको गेट र सार्वजनिक नहरको मापदण्ड विपरित पर्खाल लगाइएको पाइएपछि मपदण्ड विपरितको संरचना भत्काइएको महानगरका नगर प्रहरी प्रमुख बसन्त चालिसेले बताए । ‘सार्वजनिक स्थानको मापदण्ड मिचेर पर्खाल लगाएको स्थानियको उजुरीको आधारमा डोजर लगाएर भत्काएका हौं’ उनले भने। ‘मापदण्ड विपरित निर्माण गरिएको यस्ता संरचना महानगरले जुनसुकै हालतमा हटाउँछ।’
तमु समाजले सार्वजनिक बाटो तथा नहर कुलोको मापदण्ड मिचेर पर्खाल लगाएको भन्दै स्थानिय सुभद्रा पौडेलले निबेदन गरेपछि महानगरले उक्त पर्खाल भत्काइएको हो ।
नियमविपरित बनेको संरचना आफै हटाएर कार्यालयमा सम्पर्क गर्न पत्राचार गरिएपनि समाजले अटेर गरेपछि महानगर प्रमुख मानबहादुर जिसीले उक्त संरचना भत्काउन निरिक्षण शाखालाई निर्देशन दिएका थिए।
स्थानिय सुभद्रा पौडेलको करिब ५ आना जग्गालाई निकासमा अवरोध पुग्नेगरी समाजले पर्खाल लगाई दिएपछि घर निर्माण गर्नबाट बन्चित भएपछि आफुले महानगरमा बाध्य भएर उजुरी गरेको पौडेलले बताइन्। ‘घर बनाउन दुई पटकसम्म जग हाले तर, बाटो अबरोध गर्दैै घर नबनाउन चेतावनी दिए’ उनले भनिन्।’ ‘उनीहरुकै अबरोधकै कारण घर बनाउन पाईन।’
महानगर संगै जोडिएको छिमेकी गाउँ घाचोक स्थाई घर भएकी पौडेलले तमु समाजका पदाधिकारीले उक्त जग्गामा घर बनाउन नदिने भन्दै किनेको आधार मुल्यमा जग्गा माग्दै आएको बताइन। उनले भवन निर्माणका लागि करिब २ बर्षअघिदेखि स्विकृति लिएपनि सार्वजनिक स्थान तर्फ समाजले लगाएको पर्खालकै कारण घर निमार्ण गर्न नपाएको गुनासो गरिन्।
मापदण्ड विपरितको संरचना भत्काउन वडा नं. १ का पादाधिकारी,वडा प्रहरी कार्यालय बगरका सुरक्षाकर्मी तथा नगरप्रहरीको सहभागिता रहेको थियो ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले महानगर क्षेत्र भित्र मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काउने अभियानलाई तिव्र पार्न मातहतका निकायलाई निर्देशन दिएको प्रमुख जिसीका सहयोगि लक्ष्मण तिमिल्सिनाले बताए ।
भिमकालिपाटन तमु समाजका अध्यक्ष धर्मराज गुरुङ महानगरपालिकाले विधिवत दर्ता भएको संस्थाले निमार्ण गरेको भौतिक संरचना पदाधिकारी नभएको मौकाछोपेर भत्काएको भन्दै आक्रो पोखे। उनले प्रमुख जिसीले कर्मचारीको पक्षमा लागेर भत्काएको आरोप लगाए।

phile photo
Related