• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

२ पार्टी एकताले देशलाई समुन्नतितर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको छ : प्रचण्ड

  •      /२२ कार्तिक २०७६, शुक्रबार १६:०५ ,  प्रकाशीत
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याउने बताएका छन् ।

    नेकपा कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले छिन्नभिन्न अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई २ पार्टी एकताले नयाँ सन्देश दिएको मात्र नभइ देशलाई समुन्नतितर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताए ।

    पार्टी एकिकरणका क्रममा बाँकी रहेका केही कामलाई यही २४ गते भित्र टुंग्याइने गरी लागि परेको पनि उनले बताए ।

    वर्तमान सरकारले देशलाई समृद्धिको बाटोमा गतिशिल ढङ्गले अगाडि बढाइरहेको भन्दै अध्यक्ष दाहालले केरुङ काठमाडौ, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्गको विस्तृत अध्ययन भएको र यसलाई सफल बनाएर छाड्ने बताए ।

    पर्यटकीय शहर पोखराको निम्ति यहाँका सम्पूर्ण तालको संरक्षण र सम्वद्र्धनमा विशेष कार्यक्रम आउने तरखरमा रहेको र चक्रपथको आवश्यकतालाई साकार रुप दिने अध्यक्ष दाहालले बताए ।

    उपनिर्वाचन जित्ने र सरकार लोकप्रिय रहेको सन्देश दिनको लागि भए पनि चुनाव जसरी भए पनि जित्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए । सरकारले गरेका राम्रा कामहरुको बारेमा घरघरमा टोलटोलमा व्यक्ति व्यक्तिसँग पुगेर प्रचार गर्न उनले आग्रह गरे ।

    ‘विकास निर्माणको बारेमा हाम्रा पार्टीले अगाडि बढाएका परियोजना, कानूनहरु, छिमेकी र विदेशीसँग गरेका सम्झौताहरु सबैभन्दा पछिल्लो मोतहारीदेखि अमलेखसम्मको पाइपलाइन विछ्याउने परियोजना सानो कुरा होइन । यसको सन्देश ठूलो छ, अर्बौ रुपैया महिनैपिच्छे बच्ने भएको छ, सरकारका कामका बारेमा जनतालाई बुझाउनुहोस’, उनले भने ।

    चीनका राष्ट्रपतिको २३ वर्षपछिको भ्रमणलाई पनि उनले सरकारका कार्यमा सामेल गरे । यस्तै, चीनबाट रेल ल्याउने विषयको उठान सबैभन्दा पहिले आफैले गरेको दाबी प्रचण्डको छ ।

    ‘मैले पहिलोपटक प्रधानमन्त्रीको रुपमा चीन जाँदा त्यहाँका प्रधानमन्त्री हुँ जिन्ताओलाई भनेको थिएँ, हाम्रो एउटा सपना छ, ल्हासाबाट लुम्बिनीसम्म रेल र्पुयाउने । यही मार्गचित्रमा रेल जाओस भन्ने सपना छ । यो अहिले सपनाजस्तो छ ।

    २०–३० वर्ष लाग्ला अहिले २० वर्ष नहुँदै विपना हुँदैछ । रेल केरुङ काठमाडौं, काठमाण्डौ देखि पोखरा र लुम्बिनी ल्याइन्छ’, उनले भने ।

    अध्यक्ष प्रचण्डले नेकपाकै महासचिव विष्णु पौडेलसँग हल मिलेको समेत बताए । उनले भने, ‘हाम्रा महासचिव कमरेडलाई लिएर अहिले उहाँको र मेरो करिबकरिब हलगोरु जस्तै हुन थालेको छ । जहाँपनि पनि हामी हलगोरु जस्तै जान्छौँ । एउटाले भनेपछि अर्कोलाई त्यै हो, त्यै हो भन्ने लाग्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.