• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको टोली पोखरामा

  •      /२३ कार्तिक २०७६, शनिबार १२:४९ ,  प्रकाशीत
  • नेपालमा यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को नेपालको तयारी तथा आयोजना बारे जानकारी लिन दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली पोखरा आइपुगेको छ ।

    सागको अन्तिम तयारीका लागि काठमाडौको बैठक र खेल स्थलको अनुगमन सकेर टोली आज पोखरा आइपुगेको हो । सागमा सहभागि हुने सातै राष्ट्रका ओलम्पिकका प्रतिनिधी तथा सेफ दि मिसनको टोली पोखरामा साग तयारी बारे जानकारी लिन तथा अनुगमनका लागि पोखरा आएको हो ।

    पोखरा रंगशालामा आएको २३ सदस्यिय टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले र साग तयारी पोखराका सदस्यहरुले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

    टोली संगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल समेत संगै पोखरा आएका छन ।

    टोलीले पोखरा रंगशाला स्थित खेल स्थलहरुको अनुगमन गरेको छ । टोलीले भोली १३ औं साग पोखरा संग शंयूक्त बैठक बसी साग तयारीका बारेमा जानकारी लिने र भोली दिउसो काठमाडौ फर्किने कार्यक्रम रहेको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले जानकारी दिएका छन ।

    टोलीमा भारत, वंगालादेश, पाकिस्तान, भुटान, श्रीलंका र मालदिभ्सका ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी र सबै देशका सेफ दि मिसनका प्रतिनिधीहरु रहेका छन । साग अन्तरगत पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ ।

    सागमा सहभागी हुने कुनै पनि राष्ट्रमा प्याराग्लाइडिङ खेलको आधिकारिक खेल संस्था नहुँदा सबै राष्ट्रहरुले अन्तिम समयमा आएर प्याराग्लाइडिङमा सहभागि नहुने बताएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.