• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तपाइहरुले काँध थाप्नु भएको सिपाही गुमाउनुपर्यो फेरी एकपटक आँखा रसाए

"विद्या भट्टराईले रविन्द्र अधिकारी सम्झिरहँदा उपस्थित सबैका आँखा रसाए "
  •    शुभेच्छा न्यूज संवाददाता  /२४ कार्तिक २०७६, आईतवार ११:३९ ,  प्रकाशीत
  • पोखरा । ‘तपाइहरुले हुर्काउनु भएको छोरा,तपाइहरुले राजनीति शिक्षा दिनुभएको चेला, तपाइहरुले काँध थाप्नु भएको सिपाही । जुन, देश निर्माणकालागि बाचा गरेर जानुभएको थियो । त्यो बाचा पुरा गर्ने अभियानमा जुटिरहेको अवस्थामा गुमाउनुपर्यो । हाम्रा आँखाहरु रसाए… ।’

    आइतबार पोखरा २१ निर्मलपोखरी पुगेर विद्या भट्टराईले रविन्द्र अधिकारी सम्झिरहँदा १५ फागुनपछि फेरी एकपटक उपस्थित सबैका आँखा रसाए ।विद्या भन्दै थिइन् ‘मैले मेरो जिवनमा परिकल्पनै नगरेको कुरा बेहोरे । २० वर्ष अगाडि बिहे गरेर यहि ठाउँमा आए । तपाइहरुले माया दिनुभयो । मलाई लाग्यो म सँग आमाहरु, बाहरु, दिदिबहिनिहरु, दाइहरु हुनुहुन्छ । म सँगै आसु पुछ्न सिङ्गो जनसमुदाय छ । त्यसैको आडमा अघि बढ्छु भन्ने निर्णय गरें । र, आज उम्मेदवारको रुपमा उपस्थित भएकी छु’

    आइतबार नेपाल कम्युनिष्ट पार्टी नेकपा पोखरा २१द्धारा आयोजित भवन उद्धघाटन कार्यक्रममा कास्की क्षेत्र नं २ कि उम्मेदवार भट्टराईले जनसमुदायकै साथको कारण उपनिर्वाचनमा उम्मेदवार भएको सुनाइन् ।

    ‘छलफलमा सुझावहरु आएपछि जिल्लाले मेरो नाम सर्वसम्मत सिफारीस गर्यो । मलाई पनि राजनीतिक सहयोद्धाको हिसाबले जानुपर्छ भन्ने लाग्यो’,उनले भनिन् ‘ समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने अभियानमा अभियान्ताको रुपमा लाग्न चाहान्छु ।’

    कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य खगराज अधिकारीले जनताले दिएको ५ वर्ष नपुग्दै अकल्पनीय घटनाका कारण चुनावमा होमीनु परेको उल्लेख गरे । यस क्षेत्रको सडक, खानेपानी लगायतका विकासका पुर्वाधारहरुमा रविन्द्र अधिकारीको उल्लेख्य योगदान रहेको स्मरण गर्दै नेकपा गण्डकीका सह इनचार्ज समेत रहेका अधिकारीले उपनिर्वाचनमा योगदानको कदर स्वरुप सुर्यमै भोट हाल्न आह्वान गरे ।

    नवनिर्मित भवनको उम्मेदवार विद्या भट्टराई, नेकपा नेता खगराज अधिकारी, नेकपा पोखरा महानगर अध्यक्ष दीपक पौडेलले संयुक्त रुपमा उद्धघाटन गरे । नेकपा पोखरा २१का अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा कास्की क्षेत्र नं २का प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारीको निधन भएको थियो । रिक्त पदका लागि मंसीर १४ गते उपनिर्वाचन हुँदैछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.