महिला भलिबलमा अफगानिस्तानविरुद्ध नेपालको शानदार जित
/२४ कार्तिक २०७६, आईतवार १४:३२ , प्रकाशीत
एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध शानदार जित हात पारेको छ । प्रतियोगिताको प्रवल दाबेदार नेपालले ३–० को एकपक्षीय नतिजा निकाल्दै विजयी सुरुवात गरेको हो ।
ढाकास्थित शोहिद सुह्रवर्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई कुनै पनि सेटमा दोहोरो अंक बटुल्ने अवसर दिएन ।
पहिलो सेटमा २५–४ को सहज जित निकालेको नेपाल दोस्रो सेटमा २५–९ को जित हात पार्न सफल भयो । यसैगरी, तेस्रो सेटमा पनि नेपालले २५–६ को सहज जित आत्मसात गर्दै ३–० को एकतर्फी नतिजा निकाल्यो ।
जितसँगै नेपालले ३ अंक जोडेको छ भने दुवै खेलमा पराजय बेहोरेको अफगानिस्तान अंकविहीन छ ।नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने मंगलबार आयोजक बंगलादेशको चुनौती सामना गर्नेछ । यस्तै, नेपालले बुधबार माल्दिभ्ससँग भिडन्त गर्दैछ ।
राउन्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष दुई टिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

Related