• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

घरदैलो कार्यक्रमलाई तिव्र पार्दै नेकपा,बृदबृद्धाको साथ र आशिर्वाद विदयालाई

  •      /२६ कार्तिक २०७६, मंगलवार ०७:२३ ,  प्रकाशीत
  • कम्यूनिष्टहरुको गढ नै मानिने पोखरा २१ का स्थानीय मतदातासंग नेकपा उम्मेदवार विद्या भट्टराई मंगलबार भोट माग्न पुगिन् । नेता रवीन्द्रकै पहलमा बनेको पोखरा २१ जोड्ने पुलको मुखैमा स्वागतका लागि बसेका स्थानीयले विद्यालाई श्रद्धापूर्वक स्वागत गरेका थिए ।

    पोखरा–१७ र पोखरा–२१ जोड्ने पुल अघि विद्या पुग्नासाथ ९३ वर्षीय छवि पहारीले माला लगाउदै शिरमा हात राखेर आशिर्वाद दिए । ‘रविन्द्रले जस्तै काम गरे, सबैको मन जिते, हामी तिम्रै साथमा छौ,’ भावुक भन्दै पहारीले भने, ‘रविन्द्र र सबै जनताको सपना अब तिमीले पूरा गर्नुपर्छ ।’

    रवीन्द्रकै कारण यस ठाउँमा विकास सम्भव भएको हरि अधिकारीले सुनाए । ‘उनी नभएको भए पोखरा–२१ यस्तो हुनेनै थिएन,’ उनले भने, ‘यो ठाउँ कम्युनिस्टले विउ रोपेर मलजल पनि गरेको छ, नत्र यो ठाउँ यस्तो हुनेनै थिएन । यहाँ जति पनि विकास भएको छ, त्यो सबै कम्युनिस्टकै पहलमा भएको हो । विजुली, बाटो, खानेपानीमा सबै कम्युनिस्टकै देन छ । रविन्द्रले यत्तिकै लगातार तीन पटक यस क्षेत्रबाट जितेका होइनन ।’

    त्यति मात्र होइन कास्कीमै कम्युनिस्टको लाल किल्ला भनेर पोखरा–२१ लाई चिनिने अधिकारीले बताए । ‘गएको स्थानीय चुनावमा एमाले मात्र हुँदा १ हजार ७ सय २५ मत अन्तरले वडा अध्यक्षले जिते,’ उनले भने, ‘अहिले माओवादी पनि एउटै भएका छन्, यसपटक वडा २१ मात्र ४ हजार मत अन्तर हुन सक्छ ।’

    घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विद्याले जित हासिल गरेपछि जनचहानालाई शिर उपर गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘मेरो परिवार र पार्टीलेनै दिएको ज्ञान अगालेर जनताकै हितमा जिवन समर्पण गर्नेछु,’ उनले भनिन्, ‘जनता र राष्ट्र भन्दा माथी कोही छैन, जसको निम्ती म कुनै पनि चुनौतीको सामना गर्न तयार छु ।’

    उम्मेदवारलाई हौसला प्रदान गर्दै नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापा, प्रदेश सांसद तथा युवा नेता राजिव पहारी, नेकपा पोखरा महानगरका अध्यक्ष दीपक पौडेल, पोखरा–२१ का वडा अध्यक्ष खगराज आचार्य, नेकपा पोखरा–२१ का अध्यक्ष कृष्ण थापा मगर लगायत नेताहरु भोट माग्न हिँडेका थिए ।

    वडा नं १५ मा चुनाव लक्षित कार्यक्रम जारी
    चुनावी प्रचार कार्यक्रम अन्र्तगत नै मंगलबार पोखरा १५ स्थित खरबारी टोलमा घरदैलो तथा कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की सचिव एवं चुनाव प्रचार कमिटि वडा नं १५ का ईन्चार्ज बखान सिंह तमुले सूर्य चिन्हमा मतदान गरी उम्मेदवार विद्या भट्टराईलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे ।

    सो अवसरमा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडामा भईरहेका विकास निर्माणका कामहरुबारे अवगत गराउँदै आगामी योजनाहरुबारे जानकारी दिएका थिए ।

    उक्त टोल खेम नारायण पौडेलको संयोजकत्वमा ४५ सदस्यीय चुनाव प्रचारप्रसार परिचालन कमिटि बनेको र कमिटिले टोल बासीलाई मतदानबारे जानकारी दिनुका साथै बदर नहुँने गरी भोट गर्ने तरिका सिकाउने वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.