बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आउदै, भब्य स्वागतको तयारीमा प्रदेश सरकार
" राष्ट्रपति हमिदको स्वागत र सुरक्षाको चाँजोपाँजो प्देश सरकारले मिलाईसकेको दावी "
तपाईको प्रतिक्रिया





चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद विहिबार (आज) पोखरा आउने भएका छन् । राष्ट्रपति अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले भव्य स्वागत गर्ने कार्यक्र तय भएको छ ।
राष्ट्रपति हमिद बिहीबार मध्यान्ह हेलिकप्टर मार्फत पोखरा आउँदैछन् । उनकोसाथमा ५५ जनाको टोली पोखरा आउने छ । मंगलबार बसेको गण्डकी प्रदेश सरकारको २१ औं मन्त्रिपरिषद् बैठकले बंगलादेशका राष्ट्रपति हमिदको स्वागत र सुरक्षाको चाँजोपाँजो सरकारले मिलाईसकेको जनाएको छ ।राष्ट्रपति हमिदको स्वागतका क्रममा नेपाली कला संस्कृति झल्किने नृत्य, झाँकी प्रस्तुत गर्ने छ ।
राष्ट्रपति मोहम्मदको स्वागतमा रुपाकोट रिसोर्ट र पोखरा एअरपोर्ट गरि दुई ठाउँमा व्यवस्था मिलाइएको छ । पोखरा एअरपोर्टमा हमिदलाई गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वागत गर्ने छन् ।
मध्यान्ह नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा आउने हमिदले केही बेर फेवातालमा डुंगा सयर गरेर फिस्टेल लजमा लञ्च खाने कार्यक्रम तय भएको छ ।
करिब १ घण्टा उनले फेवातालमा डुंगा सयर गर्ने छन् । प्रदेश सरकारले उनको लागि दिवाखानाको आयोजना गरेको छ । उनले खाना खाने होटल फिस्टेल लजमा सुरक्षाकर्मी खटाएर बुधबार रातीदेखि नै खाली गरिएको छ ।
हेलिकोप्टरबाटै उनी रुपाकोट पुग्नेछन् । रुपाकोट रिसोर्टबाट हिमाली दृष्यावलोकन गर्ने कार्यक्रम छ ।उनको स्वागतका लागि पोखराका सडक छेउछाउ नेपाल र बंगलादेशको झण्डा टाँगेर सजाईएको छ । विमानस्थलको गेटमा स्वागत द्धार बनाईएको छ ।
विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गर्ने तयारी गरेको प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।‘महामहिम राष्ट्रपति ज्यू को स्वागतका लागि कुनैपनि कमि हुन नदिने सरकारले निर्णय गरेको छ’ उनले भने,।‘सुरक्षा ब्यवस्था समेत निकै कडा पारिएको छ,।सांस्कृतिक प्रदर्शनीका लागि पोखरा महानगर र रुपा गाउँपालिकाले ब्यवस्थापन मिलाउने छ ।’
बंगलादेशी राष्ट्रपति हमिदको पोखरा भ्रमणले नेपालकै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यहाँका प्राकृतिक सुन्दरता र शान्ति सुरक्षाबारे विश्वले जानकारी लिने र पर्यटक आगमन बढ्ने प्रबक्ता बस्नेत बताउँछन् ।
विमानस्थलमा झरेपछि स्वागत टोलीले झाँकी सहित फूलको माला र गुच्छाले स्वागत गर्ने छ । विमानस्थलमा प्रदेश सरकारका मन्त्रीहरु, विपक्षी दलका नेता, सांसद, विभिन्न राजनीतिक पार्टीका नेताहरु, उच्च पदस्थ कर्मचारी सहित सर्वसाधारणले समेत स्वागत गर्नेछन् ।
Related