पोखरेलीको चाहना र रबिन्द्रको सपना बनेको पोखरा चक्रपथ, एयरपोर्ट बनाउने जिम्मा लिन तयार छु ; विद्या
"स्वर्गिय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका योजनाहरु आफूले पूरा गर्ने प्रतिबद्धता "
तपाईको प्रतिक्रिया





कास्की निर्वाचन क्षेत्र नम्बर २ की नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विद्या भट्टराई अधिकारीले स्वर्गिय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका योजनाहरु आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
चुनावी प्रचारका क्रममा पोखरा ७ मा पुगेकी उनले विहीबार घरदैलोपछि आयोजित चुनावी कोणसभा कार्यक्रममा बोल्दै उनले रबिन्द्रले अगाडि सारेका पोखरा चक्रपथ निर्माणदेखि निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माणसम्मको काम सम्पन्न गर्ने जिम्मा अब आफूले लिने बताएकी हुन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा पुगि आशिर्वाद लिएर घरदैलोमा पुगेकी उनले भनिन्,‘हिजो रवीन्द्रजीले थालेका कुनैपनि योजनाहरु अधुरा हुन दिन्नँ, सम्पूर्ण काम सम्पन्न गर्ने जिम्मा म लिन्छु ।’ उनले पोखरालाई पर्यटन हबको रुपमा विकास गर्ने रवीन्द्रको सपना रहेको भन्दै उक्त सपनापनि साकार पार्ने बताइन् ।
उम्मेद्वार विद्याले सुकुम्बासीलाई लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जनाइन् । तपाईंहरुले बसेको ठाउँको लालपूर्जा तपाईंहरुले पाउने पर्छ,‘उनले भनिन्,‘अब अस्थायी रुपमा बसोबासका लागि दिइएको सेतो लालपूर्जाको ठाउँमा रातो लालपूर्जा दिनैपर्छ, रातो लालपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता म व्यक्त गर्दछु ।’
कोणसभामा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सहईञ्चार्ज खगराज अधिकारीले झपेन्द्र कार्की र ऋषि परियारले सहादत प्राप्त गरेको ठाउँ पोखरा ७ भएको बताउँदै सहीदहरुले देखेको सपना नेकपा र विद्याले पूरा गर्ने बताए । उनले गल्ती कमजोरी भए सच्याउन तयार रहेको भन्दै नेकपाका उम्मेद्वार विद्यालाई जिताएर समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न अपिल गरे ।
नेकपा केन्द्रीय सदस्यसमेत रहेकी पोखरा महानगरपालिका वडा नम्बर ७ की चुनावी कमाण्डर सिता गिरी ओलीले देशबासीको भावना अनुसार विद्या उम्मेद्वार बनेको बताउँदै उनलाई जिताएर रबिन्द्रका अधुरा सपना पूरा गर्ने जिम्मा दिन आग्रह गरिन् ।
उनले नेकपा मजदुर, सुकुम्बासी र शोषित पीडितको उत्थान गर्ने पार्टी भएकाले सबै मिलेर विद्यालाई जिताउनुपर्नेमा जोड दिइन् ।चुनावी अभियान अन्र्तगत पोखरा वडा नं १५ स्थित प्रतिभा टोलमासमेत आजै घरदैलो तथा कोणसभा गरिएको छ ।
सभालाई सम्बोधन गर्दै नेकपा कास्की सचिव एवं चुनाव परिचालन उप– समिति वडा नं १५ ईन्चार्ज बखान सिंह तमुले दुई तिहाईको सरकारले विकासका योजनाहरु पूरा गर्ने चरणमा रहेकाले नेकपाकै जीत आवस्यक रहेको बताए । उनले स्वर्गीय रवीन्द्र अधिकारीका सपना पूरा गर्ने उपयुक्त पात्रको रुपमा रवीन्द्रकै धर्मपत्नी चुनावी मैदानमा उत्रिएकाले विजयी गराउनुपर्नेमा जोड दिए ।
टोल विकास संस्थाका अध्यक्ष गंगा बहादुर खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा टोलबासीहरुले टोलमा विकासको लहर आएको भन्दै नेकपाको विकल्प अरु कुनै राजनीतिक दल र उम्मेद्वार हुन नसक्ने प्रतिक्रिया दिए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकास पौडेलले टोलका लागि परेका विकास योजना तथा समग्र विकासका योजनाहरुबारे अवगत गराएका थिए । उक्त टोलमा स्थानीय चुना गुरुङको अध्यक्षतामा १६ सदस्यीय चुनाव प्रचारप्रसार कमिटि समेत गठन गरिएको नेकपा वडा कमिटि अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए ।
यसैबीच शुक्रबार वडा नं १५ मा उम्मेदवार विद्या भट्टराई अधिकारी सहितको घरदैलो कार्यक्रम हुने भएको छ । स्थानीय विरेन्द्रचोकबाट सुरु गरी दिनभर वडाका विभिन्न ठाउँमा घरदैलो तथा कोणसभा हुने प्रचारप्रसार संयोजक त्रिभूवन पौडेलले जानकारी दिए ।
Related