• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अघोरी बाबाकी श्रीमतीसँग काठमाडौंमा १७ करोडको घर

  •      /२८ कार्तिक २०७६, बिहीबार १४:०१ ,  प्रकाशीत
  • अघोरी बाबा’ का रूपमा चर्चित विजय केसीकी श्रीमती शारदा पाण्डेले आफूले कुनै लोभलालचमा लागेर बाबासँग बिहे नगरेको बताएकी छिन् ।

    आफूसँग अमेरिकाको ग्रिनकार्डसमेत रहेको बताउने पाण्डेले अमेरिकामा मासिक १० लाख रूपैयाँभन्दा बढी कमाउने जागिर छोडेर बाबासँग बिहे गर्न नेपाल आएको बताइन् । काठमाडौंमा आफ्नो १७ करोड रूपैयाँ हाराहारीको घर सम्पत्ति रहेको भन्दै उनले आफूलाई सम्पत्तिको लोभ नभएको पनि दाबी गरिन् ।

    सांसारिक लोभ र मोहबाट दिक्दारी भएर बाबासँग बिहे गर्न पुगेको उनको भनाइ छ ।

    पाण्डेमाथि चितवनकी एक युवतीलाई ठगेको आरोप छ । उनी अहिले प्रहरी हिरासतमा छिन् । आफ्नै पूर्व श्रीमान् गोविन्द अधिकारीलाई दाइ हो भन्दै चिनाएर बिहे गराएको र बिहेपछि दाइले अमेरिका लैजाने कथा बुनेको अभियोग पाण्डेमाथि छ । पाण्डेले आफूसँग रकम असुल गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् ।

    सोही उजुरीका आधारमा गत मंगलबार महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले ठगी मुद्दामा अदातलबाट तीन दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । हाल पाण्डे बौद्ध प्रहरीको थुनामा छिन् ।
    sorce shilapatra.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.