• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘सरकारप्रति मतदाता निकै रुष्ट छन् उमेदवार पौडेल

  •      /२९ कार्तिक २०७६, शुक्रबार १२:५२ ,  प्रकाशीत
  • पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२० भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए ।

    बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेलले डाँडाखोरसम्म घरदैलो गरेका थिए । शुक्रबार बिहान मौजा आँटीघर लगायतका क्षेत्रमा घरदैलो गरेका हुन् ।

    उनले चुनाव प्रचारमा घर–घरमा पुग्दा मतदाता सरकारप्रति निकै रुष्ट भएको बताए । ‘भलाम क्षेत्रका मतदाता यो सरकारप्रति निकै रुष्ट बनेका रहेछन् । मेरो उपस्थितिले उनीहरू केही शान्त भएका छन्’,उनले भने । ‘म सधैं तपाइँहरूकै साथ, सुख दुःखमा रहनेछु भनी प्रतिबद्धता जनाएर फर्किएको छु।’

    घरदैलो अभियान समापन कार्यक्रममा संयोजक विन्दुकुमार थापाले कम्युनिष्ट सरकारको रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले जनताको आशा र भरोषाको पार्टी कांग्रेस नै भएको मतदाताले अभिव्यक्त गरेको बताए ।

    सांसद विन्दादेवी रानाले जनताको पहरेदार पार्टी कांग्रेसमात्र भएको भन्दै सरकारलाई ठीक ठाउँमा ल्याउन पनि कांग्रेसले जित्नै पर्ने बताइन् । उनले राज्यको चौथो अंगलाई त जेल हाल्न सक्ने सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै संविधानको मर्म र भावना अनुसार चल्न नसकेको बताईन ।

    १०६ बर्षिय बृद्धाले दिइन उम्मेदवार पौडेललाई आशिर्वाद
    कांग्रेस उम्मेदवार खेमराज पौडेललाई वृद्धवृद्धाको आशिर्वाद दिएका छन् । शुक्रबार बिहान ७ बजे नै पोखरा–२० को मौजा आँटीघर पुगेका उम्मेदवार पौडेललाई १०६ बर्षीय आईतश्री दमिनीले चुनावमा विजयको आशिर्वाद दिएका छन् । उनले भनिन्, ‘तिम्रो मुहार उज्यालो पाएँ । शिर उँचो पाएँ । तिमीले चालेका सबै पाइला सफल होउन्, आशिर्वाद छ ।’

    त्यस बेला उम्मेदवार पौडेलले आइतीश्रीको पाउ छोएका थिए । पौडेलले पनि आइतीश्रीको सुस्वाथ्य र दीर्घायूको कामना गरेका थिए । धेरै वर्ष अघि चिनेकी खेमराजलाई आफ्नौ घरमा भेट््न पाउँदा उनी निकै खुशी भएकी थिईन् ।

    उनले भनिन्, ‘चुनाव जितेपछि हामीलाई नभल्नु है बाबु ।’ जवाफमा खेमराजले चुनाव पछि अवस्य भेट्न आउने बाचा गरे ।उनले अहिलेसम्म ११ पटक मतदान गरिसकेकी छन् ।

    उनीसंग मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि आएका छैनन् । उनले भनिन्, ‘मेरो पाउ छोएर भोट धेरैले मागे । मैले भोट पनि दिएँ तर जितेपछि अहिलेसम्म कोही पनि फर्किएर मलाई भेट्न आएका छैनन् ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.