जन्म कैदको सजाय भोगिरहेका कैदीले कारागारबाटै कुलेलम ठोके
/१ मंसिर २०७६, आईतवार ०४:०३ , प्रकाशीत
शनिबार राति भिमफेदी कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भोगिरहेका ३० वर्षीय कुलदीप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिए।
कारागार वरीपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिए। कारागारबाट कैदी फरार भएपछि यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिए। ।
पर्खालको भागमा सानो खाली ठाउँ रहेको र त्यहाँ तारले बेरिएको थियो । त्यहाँको तार तानिएकाले त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको एसपी सिंहले बताए।
जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल सजाय तोकिएका धामी पाँच वर्षदेखि सजाय भोगिरहेका थिए ।

Related