• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निर्माणाधीन घार्मी सडकको निरीक्षण

  •      /२ मंसिर २०७६, सोमबार ११:४२ ,  प्रकाशीत
  • निर्माणाधीन अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामीण सडकको निरक्षिण गरिएको छ ।पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेल सहितको टोलीले निरीक्षण गरेको हो ।

    वडा नं. १६ र १९ लाई समेटनेगरी निर्माण गर्न लागिएको १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जिएसआर निर्माण सेवाले सडक काम गरिरहेको बताइएको छ ।

    भौतिक योजना तथा पूर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको हो । उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलका अनुसार निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडकका सुपरभाइजर राजु गुरुङसँग निर्माणका विविध पक्षका विषयमा जानकारी लिएको बताइएको छ ।

    वडाध्यक्ष पौडेलले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचक्र्याई नगर्न सुझाव दिए । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए ।

    पछिल्लो समय वडाभित्र भैरहेका विकास निर्माणका कामको अनुगमनमा सक्रिय बनेका पौडेलले वस्ती वचाएर सडक निर्माण गर्नु चुनौतीपुर्ण रहेको भएपनि स्थानीयको सहयोगले कठिन काम पनि पुरा भएको बताए ।

    निरीक्षण टोलीमा वडाध्यक्ष पौडेल सहित नेकपाका वडा सचिव निर्मल वास्तोला र उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेल सहभागी थिए । उक्त सडकलाई राष्टिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद एवं पूर्वमनत्री कुमार खड्काले भूमिका खेलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.