• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

असत्यको विरुद्धमा आवाज उठाउने समय आयो ; उम्मेदवार केसी

"नेतृत्व असल भए देशले काँचुली फेर्छ  "
  •      /४ मंसिर २०७६, बुधबार ०३:२४ ,  प्रकाशीत
  • कास्की क्षेत्र नम्बर–२ का लागि साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले कुसंस्कृत राजनीतिले मजुदुर र किसानलाई दास बनाएको बताएकी छन् । उनले दासको मानसिकताबाट मुक्त भएर आफ्नो अमूल्य मत खसाल्न मतदातालाई आग्रह गरेकी छन् ।

    चुनावी घरदैलोअन्तर्गत मंगलबार रानीपौवामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले सो भनाइ राखेकी हुन् । निजी स्वार्थका लागि अहिले आम जनतालाई त्रासमय अवस्थामा बाँच्न बाध्य बनाइएको बताउँदै उनले स्वतन्त्र भएर मत खसाल्न आग्रह गरिन् ।

    उनले भनिन्, ‘अब जनताले कुसंस्कार र असत्यको विरुद्धमा आवाज उठाउने समय आयो, स्वतन्त्र भएर मत खसाल्न म आग्रह गर्दछु ।’ जनताको आवाज सदनसम्म पु¥याउन उम्मेदवारी दिएको उनले बताइन् । परिवर्तन र विकासका लागि जनताले आफ्नो अधिकारको सहि सदु¥योग गर्नुपर्नेमा उनको जोड थियो ।

    सरकार नागरिकप्रतिको दायित्वबाट टाढा हुन खोजिरहेको भन्दै उनले देशले विकल्प खोजेको बताइन् । आर्थिक अपचलन गरेर सबैको भोट संकलन गर्ने काम नगर्ने प्रतिबद्धता उम्मेदवार केसीले जनाइन् । सरुवा, बढुवाको चलखेलमा लाग्नेहरुका कारणले देश पछाडि परिरहेको भन्दै उम्मेदवार केसीले ढिलो चाँडो त्यसको नतिजा आउने स्पष्ट पारिन् ।

    पार्टीले मंगलबार रानीपौवासँगै फूलबारीमा पनि कोणसभा आयोजना गरिएको थियो । फूलबारीमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले असल नेतृत्व भए देशले काँचुली फेर्ने दाबी गरे ।

    उनले देश भ्रष्टाचारमुक्त बन्न सके मात्र विकास सम्भव भएको जिकिर गरे । सांसदलाई पैसा बाँडेर ठेकेदार बनाउने काम गरिएको भन्दै उनले साझा पार्टी सधैं त्यसको विपक्षमा रहने प्रतिबद्धता व्यक्त गरे । देशले विकल्पको खोजी गरिरहेको सन्देश दिने जिम्मा कास्कीबासीको हातमा आएको बताउँदै संयोजक मिश्रले त्यसको सदु¥योग गर्न मतदातालाई सुझाव दिए ।

    यस्तै कार्यक्रममा बोल्दै साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले साझालीहरु व्यक्तिगत स्वार्थका लागि नभइ देशको समृद्धिका लागि राजनीतिमा होमिएको बताए ।

    भविष्य खोज्दै परिवार छोडेर खाडी जानुपर्ने बाध्यता विद्यमान रहेको भन्दै उनले अब मन र मत बदलेर अगाडि बढ्ने समय आएको बताए । उम्मेदवार केसी सहितको टोली मंगलबार पोखरा–११ अन्तर्गत काहूँ, फूलबारी, रानीपौवालगायतका ठाउँका मतदाता भेट्न पुगेको थियो । बुधबार पोखरा–१५ मा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.