• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा फुटबल मैदानको काम धमाधम ; विशिष्ट श्रेणीका सिट जडान सकियो

"निमार्णाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान  "
  •      /७ मंसिर २०७६, शनिबार १०:१३ ,  प्रकाशीत
  • १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी सी अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ ।

    पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भए पछि यति बेला फुटबल मैदानको काम धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ भने बाकिँ काम भने साग पछि हुने छ ।

    मैदानको लागि दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो भने स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड ( प्यारपिट ) को सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्स बाट दुई जना प्राविधिक समेत पोखरा आएका हुन । पोखरा रंगशालामा जडित सिट रातो र निलो रंगको रहेको छ ।

    उक्त सिट नेपालको झण्डा संग मिल्ने गरी उक्त रंगको राखिएको हो । महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेलमैदान, हेम्जामा रहेको गौरीशंकर खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएको छन ।

    महिला फुटबल मंसीर १७ गते देखि २४ गते सम्म हुने छ । प्रतियोगितामा ४ राष्ट्रको सहभागीता रहेको छ । आयोजक नेपाल सहित भारत, माल्दिभस् र श्रीलंकाले खेलमा सहभागीता जनाएका छन भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागीता जनाएको छैन ।

    मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जावलाखेल ललितपुर ( जे.भी ) का प्रोजेक्ट म्यानेजरको रुपमा रहेका दिपक बरालले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.