• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चुनाव नजिकिएसंगै नेकपाको चुनावी गतिविधि तीव्र, ११ वटै वडामा घरदैलो जारी

"चुनाव लक्षित कार्यक्रम अन्र्तगत महिला ¥याली, यूवा मार्चपास, अन्र्तक्रिया, घरदैलो, तथा कोणसभाहरु आयोजना "
  •      /८ मंसिर २०७६, आईतवार १२:३३ ,  प्रकाशीत
  • उप निर्वाचन मिति नजिकिँदै जाँदा नेपाल कम्यूनिष्ट पार्टी नेकपाले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ । वडा तथा टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीहरुले मतदातासम्म पुगेर भोट माग्ने कार्य जारी राखेका छन् ।

    पोखरा महानगरका ११ वटै वडामा वडा तथा टोल स्तरीय निर्वाचन परिचालन कमिटिहरुले चुनाव लक्षित कार्यक्रम अन्र्तगत महिला ¥याली, यूवा मार्चपास, अन्र्तक्रिया, घरदैलो, तथा कोणसभाहरु आयोजना गर्दै आएका छन् ।

    चुनाव लक्षित कार्यक्रम अन्र्तगत नै आईतबार पनि सवै वडामा चुनाव लक्षित कार्यक्रमहरु गरिएका छन् ।नेकपाले पोखरा ४ का मतदातासँग भेटघाट गरिरहेको छ । नेकपा वडा कमिटी, बुद्धिजीवीहरु सहित घरदैलौ गरी नेकपाका एजेन्डा जनतालाई बुझाउने क्रम जारी रहेको चुनावी कमान्डर दामोदर बैरागीले बताए ।

    पोखरा ७ मा नेकपानिकट सहकारीकर्मी र बुद्धिजीवीको बैठक भएको छ । नेकपा वडा अध्यक्ष पुरुषोत्तम रेग्मीले घरदैलोकोसहित नमुना मतपत्र लिएर निर्वाचन परिचालन कमिटी लागिरहेको बताए ।

    वडामा मतदाताका माग सुन्ने र बुथ कमिटी सदस्यहरुलाई प्रशिक्षण दिइरहेको पोखरा ८ अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए ।यता वडा नं ९ मा पनि मतदाता भेटघाटको क्रम तीव्र पारिएको छ । वडाका चुनावी कमाण्डर प्रभा कोईरालाको नेतृत्वमा आईतबार विहान महेन्द्रपुलमा घरदैलो गरिएको छ ।

    पालिखेचोक, भीमसेनचोक, हुँदै नयाँबजार, शुभकामना टोल लगायतका स्थानमा घरदैलो गरिएको वडा कमिटि अध्यक्ष यम बहादुर कार्कीले जानकारी दिए । घरदैलोका क्रममा मतदाताहरुले समृद्धिको संवाहक नेकपा उम्मेद्वार विद्या भट्टराईलाई नै मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    नेकपा पोखरा ११ का चुनावी कमान्डर चूडामणि जंगलीले आइतबार काहुँडाँडामा घरदैलो भइरहेको बताए । उनले मतदान गर्न सिकाउने, उम्मेदवारको चिठी बुझाउने र पार्टीको घोषणापत्रबारे प्रकाश पार्ने कार्य भइरहेको जनाए ।

    वडा नं १५ मा खरबारी, मितेरी टोल, ठूली मजुवा लगायतका स्थानमा घरदैलो गरिएको छ । वडाका चुनावी कमाण्डर एवं नेकपा कास्की सचिव बखान सिंह तमुको नेतृत्वमा घरदैलो भएको थियो । घरदैलोका क्रममा मतदाताहरुले जनताहरुको सुख–दुखमा नेकपा नै विश्वासीलो पार्टी भएकाले सूर्य चिन्हमै भोट दिने विश्वास दिलाएका छन् ।

    साथै उनीहरले विद्या भट्टराई जस्तो प्राज्ञिक व्यक्तित्वले आँफूहरुका भावना सहजै बुझ्ने उनीहरुको विश्वास छ । घरदैलोको क्रममा नेकपा वडा कमिटि १५ का अध्यक्ष भक्त बहादुर खत्री, वडा तथा टोलमा गठीत निर्वाचन परिचालन कमिटि संयोजकहरुको सहभागिता थियो ।

    उम्मेदवारसहितको घरदैलो सकिएपछि नेकपा पोखरा १७ ले वडाका विभिन्न भेगका मतदातासँग भेटघाटसहित अन्तक्र्रियाा गरिरहेको छ । नेकपा पोखरा १७ सचिव ईश्वरी लम्सालले मंसिर १० गतेसम्म घरदैलो गरी नेकपा नेतृत्वका ३ तहका सहकारले गरेका काम र एजेन्डाहरु बुझाइरहेको बताए ।

    पोखरा १७ मा यो आर्थिक वर्षमा मात्रै ५४ करोड १५ लाखका काम भइरहेका छन् । यही आर्थिक वर्षमा ३ झोलुगे र ५ मोटरेबल पुल र १ मर्मत गरी ११ वटा पुललाई बजेट छ । मुस्ताङचोकबाट छोरेपाटनसम्म ४ लेनको ठेक्का, वडाका सबैजसो भागमा खानेपानी व्यवस्था भइसकेको पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए । वडा कार्यालयले दामोदर खोला भलपानी नियन्त्रण नियन्त्रण गरी बस्तीलाई जोखिमबाट जोगाएको छ ।

    पोखरा २० मा बुथ कमिटीको प्रशिक्षण, घरदैलोको समीक्षा, मतदाता शिक्षा जस्ता अभियानमा नेकपा लागेको अध्यक्ष भीमप्रसाद बास्तोलाले बताए । पोखरा २१ मा चुनावी कमान्डर दीपक पौडेल, खड्ग हमाल, झपट रानाभाट, श्रीराम सुवेदी लगायतको टोली मतदाता भेटघाट र नेकपाको रोडम्याप जनतालाई बुझाउन व्यस्त छन् ।

    पोखरा ३३ का ५ बुथ कमिटीका बैठक गरी रणनीति तय गरिएको र आवश्यकता अनुसार घरदैलो र छलफल र भेटघाटमा केन्द्रीत रहेको नेकपा अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.