• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाद्धारा खड्काको स्मृृतिमा श्रद्धाञ्जली सभा

  •      /९ मंसिर २०७६, सोमबार ०९:४५ ,  प्रकाशीत
  • नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) का संगठित सदस्य रामबहादुर खड्काको स्मृृतिमा नेकपाले श्रद्धाञ्जली सभा गरेको छ ।

    कास्कीको साविक कालिका गाविस वडा नम्बर १ शान्ति मैदानमा जन्मिएका र हाल पोखरा १० माछापुच्छ«े टोल निवासी खड्काको निधन भएको नवौं दिनको पुण्य तिथिमा सोमबार नेकपा पोखरा २८ र १० वडा कमिटीले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरेका हुन् ।

    कार्यक्रममा नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) गण्डकी सहइन्चार्ज खगराज अधिकारीले खड्का कम्प्युनिस्ट आन्दोलनको अभिभावक भएको बताए । उनले कम्प्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउन खड्काले खेलेको भूमिकाको स्मरण गर्दै खड्काले कम्प्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने बताए । उनले खड्काको आत्माको चीरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका थिए ।

    कार्यक्रममा माछापुच्छे« टोल विकास संस्थाका उपाध्यक्ष जयराम आचार्यले खड्काको परिचय गराएका थिए । नेकपा वडा कमिटी २८ का अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतमा भएको कार्यक्रममा पोखरा १० वडा कमिटी सदस्य राजु श्रेष्ठले रामबहादुरको योगदानका बारेमा चर्चा गरेका थिए ।

    श्रद्धाञ्जली सभामा प्रदेश सांसद मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, जिल्ला समन्वय समितिका संयोजक बैनबहादुर क्षेत्री, वडा नम्बर २८ अध्यक्ष निर्मलदियाली सुनार लगायत नेकपाका नेता, कार्यकर्ता सहभागी थिए ।

    विगत ५ वर्षदेखि हड्डीको क्यान्सरबाट पीडित खड्काको मंसिर १ गते ६९ वर्षको उमेरमा निधन भएको खड्काका आफन्त दिनेशबाबु खड्काले जानकारी दिए । स्वर्गीय खड्काका श्रीमती, २ छोरा छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.