• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपालको भूमिमा भारतले हस्तक्षेपकायम राखे त्यसको प्रतिकार गर्न नेपाली जनता तयार छन् ; सांसद गिरी

"भारतले नेपाली भूमि माथि गरेको अतिक्रमण सहेर नबस्ने "
  •      /९ मंसिर २०७६, सोमबार १०:४३ ,  प्रकाशीत
  • प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले भारतले नेपाली भूमि माथि गरेको अतिक्रमण सहेर नबस्ने बताएका छन । पार्वती युवा क्लबले मोदी गाउँपालिकाको पातिचौर बजारमा आयोजना गरेको सप्ताहब्यापी कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गिरीले नेपालको भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरे त्यसको प्रतिकार गर्न नेपाली जनता तयार रहेको बताएका हुन ।

    भारतले नेपाली भूमिलाई आफ्नो भन्दै नक्सा जारी गरेको विषयमा बोल्दै सांसद गिरी वर्तमान सरकार राष्ट्रियता र अखण्डता कायम गर्न सक्षम र सबल रहेको समेत बताए । उनले भारतको भूमिमा नेपालले आँखा नलगाउने भन्दै कालापानी र लिपुलेक माथिको हस्तक्षेप नेपाली जनताले टुलटुल हेरेर नबस्ने समेत बताए ।

    आगामी १६ गतेसम्मका लागि आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै सांसद गिरीले वर्तमान सरकारले शुरुवात गरेका आयोजनाहरु दिगो रुपमा सुखी नेपाली सम्बृद्ध नेपाल निर्माण गर्न तर्फ उन्मुख रहेको औल्याए ।

    उनले सरकारले सम्बृद्धिको बाटो पहिल्याउनका लागि खानी उत्खनन्, सडक चौडा र विमानस्थलहरुको निर्माण कार्यलाई द्रूत गतिमा अगाडि बढाई रहेको बताउँदै केहि बर्षमा जनताले त्यसको प्रतिफल प्राप्त गर्ने समेत बताए । बालाचतुदर्शीको अवसरमा आयोजीत मेलामा बोल्दै सांसद गिरीले जनप्रतिनिधिको हिसावले पर्वत जिल्लाको विकास समेत आफू निरन्तर लागी परीरहेको बताए ।

    केहि बर्षमा मुख्य सडकहरु कालोपत्रे हुने भन्दै सिंचाई र खानेपानीको अभाव हुने ठाउँमा समेत त्यो अभाव पूर्तिका लागि प्रयास भईरहेको जानकारी दिए । उनले जनताले विगत लामो समय देखि बगाएको रगतको बलिदानीका कारण यी सवै खालका विकास निर्माण कार्य गर्न सहज भएको भन्दै अव देशमा राजनैतिक परिर्वतनको नभई विकास र सम्बृद्धिको दिनको शुरुवात भएको औल्याए ।

    सांसद गिरीले आजै बालाचतुुदर्शीको अवसरमा मोदी गाउँपालिकाबासीले आयोजना गरेको तोरण तान्ने कार्यक्रममा समेत सहभागी भएका थिए । मोदी खोलामा पूर्वज पितृहरुको स्मरणमा हिन्दू धर्माबलम्बीहरुले तोरण टाँगेर यो पर्व मनाउँदै आएका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.