• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गणतन्त्र र लोकतन्त्र रक्षाका लागि नेकपा उम्मेदवारले जित्नुपर्छ ; देव गुरुङ

"‘भारतले अतिक्रमण गरेको कालापानी, लिम्पीयाधुरा र लिपुलेक फिर्ता ल्याउन सरकारले प्रक्रिया सुरु गरिसक्यो  "
  •    शुभेच्छा न्यूज संवाददाता  /९ मंसिर २०७६, सोमबार १४:३३ ,  प्रकाशीत
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले गणतन्त्र र लोकतन्त्रको रक्षा नेकपाबाहेक कसैले गर्न नसक्ने ठोकुवा गरेका छन् ।

    कास्की २ को उपनिर्वाचनमा नेकपाबाट उम्मेदवार बनेकी विद्या भट्टराई अधिकारीको चुनाव प्रचारप्रसारकमा सोमबार आयोजित सभामाउनले गणतन्त्र र लोकतन्त्र रक्षाका लागिपनि नेकपा उम्मेदवारले जित्नुपर्ने बताए । उनले भने,‘गणतन्त्र र लोकतन्त्रको सच्चा पहरेदार कांग्रेस होइन, कांग्रेसले यसको रक्षा गर्नै सक्दैन ।’

    उनले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको बताए । ‘सीमा सुरक्षामा सरकार गम्भीर छ,’उनले भने,‘भारतले अतिक्रमण गरेको कालापानी, लिम्पीयाधुरा र लिपुलेक फिर्ता ल्याउन सरकारले प्रक्रिया सुरु गरिसक्यो ।’ गुरुङले सरकारले आर्थिक समृद्धिका आधारहरु तयार गरिसकेको दाबी गरे । आर्थिक परिसूचकहरुमा सकारात्मक सुधार देखिएकाले समृद्धिको संकल्प पूरा हुने उनको भनाइ छ ।

    उम्मेद्वार भट्टराईले आफू कास्कीकी छोरी, बुहारी, भाउजु, आमा र भाञ्जी भएर आएको बताइन् । उनले पती रवीन्द्रले कोरेको विकास र समृद्धिको खाका अनुसारै काम गरेर पोखरालाई विकास र समृद्धिको उच्चतम विन्दुमा पु¥याउने बाचा गरिन् ।

    नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले आगामी आम निर्वाचनअघि वृद्धभत्ता ५ हजार नपु¥याई फेरि भोट माग्न नआउने बाचा गरे । उनले आगामी चुनावसम्म सुकुम्बासीलाई लालपुर्जासमेत बाँडिसक्ने प्रतिज्ञा गरे । ‘सुकुम्बासीलाई हामी भोट बैंक बनाई राख्दैनौं,’उनले भने, ‘अबको चुनावअघि सबै सुकुम्बासीलाई लालपुर्जा दिन्छौं ।’ अधिकारीले शेरबहादुर देउवाले देशद्रोही कुरा बोलेकाले कांग्रेसले देउवाको अभिव्यक्तिको स्वामित्व ग्रहण नगरेको टिप्पणी गरे ।

    नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ करणले कोशी, गण्डकी र टनकपुर बेच्नेहरुलाई राष्ट्रियता नसिकाउन चेतावनी दिए । कांग्रेसको गलत नीतिका कारण देशको अर्थतन्त्र बिग्रिएको र परनिर्भरता बढेको आरोप उनले लगाए ।

    सोमाबार बिहान लामाचौर बाटुलेचौर क्षेत्रमा भोट माग्न घरदैलोमा पुगेकी भट्टराईलाई स्थानीयले फुल, माला र अवीरले स्वागत गरेका थिए । घरदौलोमा उनले पोखराको सौन्दर्यकरण गर्दै प्रतिवर्ष २० लाख पर्यटन भित्र्याउने योजना सुनाइन् ।गन्धर्व संग्रहालय, ढिकीडाँडामा प्याराग्लाइडिङ, अर्मला बिसौनी पार्क, अर्मलाकोट, चोकडाँडा आदि क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकास र योजना निर्माण भइरहेको उल्लेख गर्दै उनले पोखरालाई विश्वकै सुन्दर र सभ्य सहर बनाउने वाचा गरिन् ।

    निर्वाचन परिचालन कमिटीहरुले उपचुनाव हुने पोखराका ११ वटै वडामा अभियान जारी राखेका छन् । पोखरा ४ मा कमिटीले फिर्के क्षेत्रको सुकुम्बासी बास्तीमा घरदैलो गरी मतदातालाई मतदान गर्ने तरिका सिकाएको निर्वाचन कमान्डर दामोदर बैरागीले जानकारी दिए ।पोखरा ३३ एकैपटक ३४ समूहले घरदैलो गरी मतदानका निम्ति आग्रह जनतालाई आग्रह गरेको वडाका प्रचारप्रसार संयोजक टुकराज भण्डारीले बताए ।

    पोखरा ७ मा सोमबार बैठक बुथ कमिटीको बैठक बसी मतदाताको एकीन गर्ने, मत पहिचान गर्ने गरिएको छ । वडाका टोल विकास संस्थाका पदाधिकारीसँग बसेर चुनावी रणनीति तयारी गरिएको नेकपा वडाध्यक्ष पुरुषोत्तम रेग्मीले बताए । पोखरा १५ मा नेकपाले घरदैलो, कोणसभा र उम्मेदवारका प्रतिवद्धता जानकारी गराएको चुनावी कमान्डर बखानसिंह तमुले उल्लेख गरे । नेकपा पोखरा ९ ले टोल विकास संस्थाहरुसँग भेटघाट र उम्मेदवारसहित पहारी टोल र शान्तिदर्शन टोलमा घरदैलो गरेको छ ।

    पोखरा २० का आँटीघर, मौजा लगाएका क्षेत्रमाचुनावी कमान्डर विश्वप्रकाश लामिछानेसहित गंगाबहादुर केसी, सुशील बस्नेत, पवित्रा गुरु, लक्ष्मी कार्की, मनभुजा विक, नरबहादुर विकको टोलीले घरदैलो गरेको छ ।

    मंगलबार उम्मेदवारसहित मैजा, आँटीघर लगायतका क्षेत्रमा घरदैलो हुने चुनावी कमान्डर लामिछानेले जानकारी दिए ।पोखरा २१ मा सोमबार उपकमिटीको बैठक, निर्मलपोखरी क्षेत्रमा घरदैलो भएको छ । पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम बिस्फोट भएको बिरोधमा कृस्तिमा आमसभा आयोजना गरिएको नेकपा २१ अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।

    ‘अर्काे पटक लालपुर्जा लिएर आउँछौं’
    नेकपाले सोमाबार पोखरा १७ का बाराही टोल, पुल्चोक, दोबिल्ला, लामातारा, समृद्धि टोल, महतगौडा, हनुमानटोल लगायतका क्षेत्रमा घरदैलो गरेको छ । पार्टीका एजेन्डा बुझाउन र नेकपालाई मत माग्न १८ टोल कमिटी र २० जनवर्गीय संगठन परिचालन गरिएको निर्वाचन परिचालन कमिटी संयोजक सुवास ढुंगानाले जानकारी दिए ।

    सोमबार भएको कोणसभामा सुकुम्बासी परिचालन सहसंयोजक ओमबहादुर पौडेलले अर्काे चुनावमा मत माग्न आउदा लालपुर्जा लिएर आएको आश्वासन दिए । बुधबार पनि घरदैलो गरी हिमालीचोकमा कोणसभा गरिने उनले ढुंगानाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.