• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मौजामा एक घर एक धारा अभियान छिट्टै शुरु हुने- विद्या

"मौजालाई पर्यटन, कृषि र खेलकूदको केन्द्र बनाउने बाचा "
  •      /१० मंसिर २०७६, मंगलवार ०९:३९ ,  प्रकाशीत
  • नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलो अन्तिम चरणमा पुगेको छ । चरणबद्ध रुपमा तालिका मिलाएर घरदैलो गरिरहेको नेकपाले उम्मेदवार सहित सोमबार पोखरा २० मौजामा मतदाता भेट गर्दै मत मागिरहेको छ ।

    जनताको घरदैलोमा पुगेकी विद्यालाई स्थानीयहरुले भव्य रुपमा स्वागत गर्दै विजयको शुभकामना दिएका छन् । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार विद्या भट्टराई अधिकारीले विकासको क्रमलाई तीब्र बनाई मौजालाई पर्यटन, कृषि र खेलकूदको केन्द्र बनाउने बाचा गरिन् ।

    खानेपानीको अभाव पूर्तिका लागि एक घर एक धारा अभियान सफल पार्ने बताउँदै उनले समृद्धिको जग बसिसकेकाले ईटा थप्न आफ्नो भूमिका महत्वपूर्ण रहने विश्वास दिलाईन् ।

    सभामा बोल्दै नेकपा गण्डकी प्रदेश सहईन्चार्ज खगराज अधिकारीले अन्य दलको जीतले सुरु भएका अधुरा पूरा नहुने भन्दै नेकपाकै जीत आवस्यक रहेको बताए । सो अवसरमा नेताहरु मनबहादुर गुरुङ, श्रीनाथ बराल, विश्वप्रकाश लामिछाने, भीमप्रसाद गुरुङ, गञ्जमान गुरुङ लगायतले सम्बोधन गरे ।

    उक्त ठाउँमा मौजा गाउँ, आटिघर, लामडाँडा, विसौना, लगायतका स्थानमा घरदैलो जारी रहेको छ । घरदैलोमा कलाकारहरु कृष्ण भण्डारी, शिवहरी ढुंगाना, मनकुमार श्रेष्ठ लगायतले साँस्कृतिक प्रस्तुती राखेका छन् ।

    वडामा पनि चुनावी कार्यक्रम जारी
    चुनावी अभियान अन्र्तगत वडा नं ४ मा घरदैलो गरिएको छ । रामबहादुर कोईराला, रामजी गौतम, विष्णुहरी पौडेल र नर्वदा अधिकारीको टोलीले उक्त क्षेत्रका ५ स्थानमा पुगी मत मागेको छ ।

    वडा नं ९ मा पनि चुनावी अभियान जारी छ । टोलहरुमा गठन गरिएका निर्वाचन परिचालन कमिटिको बैठक सम्पन्न भएको छ भने बुधबार हुने कार्यक्रमका लागि तयारी भईरहेको बताईएको छ । वडा नं १५ मा शिवशक्ति टोल, निर्मल टोल लगायतका स्थानमा कोणसभा सम्पन्न भएको छ । सभामा बोल्दै चुनावी कमाण्डर बखान सिंह तमुले सूर्यमा मतदान गरि उम्मेद्वार विद्या भट्टराईलाई विजयी गराउन अपील गरे ।

    यस्तै वडा नं ८ मा पनि मतदाता केन्द्रित घरदैलो गरिएको छ । नयाँबजारका विभिन्न ठाउँमा पुगी टोलीले मत माग्ने कार्य जारी रहेको बताईएको छ । उक्त वडामा वडा अध्यक्ष रुद्रनाथ बराल, वडा कमिटि अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी, चुनावी कमाण्डर शारदा सुवेदी लगायतले घरदैलो गरेका छन् ।

    यता पोखरा २१ कृष्ति नाच्नेचौरको व्यूलीपिपल र राम्नीमा वडास्तरीय चुनावी सभा गरिएको छ । सभालाई नेता खगराज अधिकारी, ठाकुर गैह«े र चुनावी कमाण्डर दिपक पौडेल लगायतले सम्बोधनगरे । सो असवरमा बोल्दै नेताहरुले पञ्चायतकालदेखि नै क्षेत्र नं २ कम्यूनिष्टको अखडा भएकाले विजय यात्रा निश्चित रहेको बताए ।

    यस्तै वडा नं ४, ७, १६, १७, र ३३ मा पनि मतदाता केन्द्रित घरदैलो, कोणसभा, र टोल कमिटि बैठकहरु भएका छन् । सबै वडाले बुधबार भोलि हुने आमसभालाई सफल पार्न तयारी तीब्र पारेका छन् भने वडाबासीलाई सहभागिताका लागि आग्रह गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.