लागूऔषध नियन्त्रण व्युरो पोखराले ठुलो मात्रमा विभिन्न लागूऔषधसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण व्युरो पोखराले ३६० एम्पुल लागूऔषधसहित एक भारतिय नागरिक पक्राउ गरेको प्र्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको मुजापुर जिल्ला घरभई हाल जिल्ला कास्की पोखरा महानगरपालिका मालेपाटन स्थित मिलनमार्ग बस्ने २८ वर्षिय आकाश कुमार रहेका छन् ।
उनले पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा लागूऔषधको खरिद ,विक्रिवितरण,ओसारपसार तथा सञ्चय समेत गर्दछन् भन्ने सूचनाको आधारमा व्युरोका ईन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर रावत सहितको प्रहरी टोलिले निजकै कोठाबाट नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेका उनको साथबाट सोन पापडी नामक मिठाईको प्याकेटमा लुकाई छिपाई राखेको लागूऔषध बुर्फिनर्फिम १२० एम्पुल ,डाईजापाम १२० एम्पुल र फेनरागन १२० एम्पुल गरी जम्मा ३६० एम्पुल लागूऔषधसहित निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका निज उपर लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको छ ।

Related