• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

देउवाले सीमा विवादका बारेमा झुटाे बोलेः प्रचण्ड

"कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीका नेताहरूले यसरी नै झुट बोलिरहने हो भने इतिहासको कालखण्डमा ‘कांग्रेस भन्ने पार्टी पनि थियो र ?’ भन्ने अवस्था आउन सक्ने "
  •      /११ मंसिर २०७६, बुधबार १०:५३ ,  प्रकाशीत
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका बारेमा झुट बोलेको आरोप लगाएका छन् ।

    पोखराको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीका नेताहरूले यसरी नै झुट बोलिरहने हो भने इतिहासको कालखण्डमा ‘कांग्रेस भन्ने पार्टी पनि थियो र ?’ भन्ने अवस्था आउन सक्ने बताए । ‘नेपाली कांग्रेसका शेरबहादुरजी, जसले पोखरामा आएर र झुटो बोल्नुभयो,’ उनले भने, ‘उहाँलाई म धन्यवाद भन्न चाहन्छु । उहाँले कमरेड विद्या भट्टराईको विजयलाई सुनिश्चित गरेर जानुभयो ।’

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की–२ मा सत्तारुढ नेकपाको जित सुनिश्चित भएको दाबी गरे । ‘परिणाम निकाल्ने कुरा जनताको राम्रो कामको योगफल र विपक्षीले गर्ने नराम्रो काम नै हो,’ प्रचण्डले भने, ‘यहाँ हाम्रा विपक्षी कांग्रेसका नेताहरूले जसरी भाषण गर्नुभयो, त्यसले पनि हाम्रो विजय सुनिश्चित भएको देखेको छु ।’

    देउवाले कास्कीको चुनावी सभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग समेटेको नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए । कास्की आएर चुनावी सभाबाटै प्रचण्डले खण्डन गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकमा देउवा स्वयमले सरकारले राम्रो सुरूआत गरेको छ, हाम्रो साथ छ भनेको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘गिरिजाप्रसाद कोइरालाको पार्टी आज साह्रै तल खसेर झुट बोलेको देख्दा चिन्ता लागेको छ ।’

    पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्तिसम्झौतामा खेलेको भूमिकाको समकक्षी भएको नाताले कांग्रेस साह्रै तल खसेको आफूलाई मन नपर्ने दाहालले बताए ।

    प्रचण्डले महिलालाई राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी नेकपा मात्र भएको बताए। ‘राष्ट्रपतिमा महिला सिफारिस गर्ने, उम्मेदवार बनाउने पार्टी नेकपा नै हो । म प्रधानमन्त्री भएका बेला प्रधानन्यायाधीशमा पनि महिला नै अगाडि बढाएको थिएँ,’ उनले भने, ‘हामीले मगर समुदायबाट प्रतिनिधित्व गराउँदै महिलालाई नै सभामुख बनाएका छौैं । अब दलित जनजातिबाट पनि प्रधानमन्त्री बन्छ भने नेकपाकै प्रस्तावमा बन्छ ।’

    तर, उनले कास्की–२ मा विद्या भट्टराई महिला र दिवंगत रवीन्द्र अधिकारीकी पत्नी भएकैले मात्रै उम्मेदवार नबनाइएको स्पष्ट पारे । ‘विद्या भट्टराई दिवंगत नेता रवीन्द्र अधिकारीको पत्नी मात्र नभई प्राज्ञिक र नेपाली राजनीतिको अध्येता समेत हुनुहुन्छ,’ उनले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.