• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सागमा खटिने दुई सय ३० स्वयंसेवकलाई फिजिकल तालिम

  •      /११ मंसिर २०७६, बुधबार १३:०५ ,  प्रकाशीत
  • १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोेगिता (साग) को लागि दुई सय ३० जनालाई फिजिकल तालिम दिइएको छ । सागलाई व्यवस्थित रुपमा सफल पार्नको लागि स्वयंसेवक खटाइनेछ ।

    खेल अवधिभर पोखराको साग खेलकुदमा एक सय ८० जना स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवा गर्न ईच्छुक दुई सय ३० जनालाई नै तालिम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ । तालिम पश्चात् योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ ।

    “हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारिरीक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसंग कसरी समन्वय गराउने ? भन्ने विषयमा सुसूचित गराउँदै फिजिकल तालिम दिएका छौँ”– प्रशिक्षक दिपक गोदारले भने ।

    सागको व्यवस्थापन तथा सुरक्षामा नेपाल प्रहरीको प्रमुख भूमिका रहनेछ । यस बाहेक स्वयंसेवक समेत खटाइनेछ । सागमा खटिएका स्वयंसेवकलाई प्रमाणपत्र समेत दिइने गोदारले जानकारी दिए । साग अन्तर्गत पोखरामा ८ खेल हुँदैछ । सागको हरेक खेलमा २०–२० जना स्वयंसेवक खटाइने गोदारले बताए ।

    त्यसैगरी, १३ औँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० जना सम्पर्क अधिकारी (लियाजन)हरु समेत खटाइने भएको छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिहरुको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो । सम्पर्क अधिकारीले पोखराको बारेमा जानकारी समेत दिनेछन् ।

    विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारकोबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटिका संयोजक जगन गुरुङले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.