• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा उपनिर्वाचनको तयारी पुरा, सबै स्थानमा पुग्यो, मतदान सामाग्री

"निर्वाचनका लागि आवश्यक कर्मचारी र निर्वाचन सामग्री मतदान केन्द्रमा "
  •    शुभेच्छा न्यूज संवाददाता  /१३ मंसिर २०७६, शुक्रबार १३:१९ ,  प्रकाशीत
  • मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी र निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुगिसकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडाइँ गरिने बताउँदै सुरक्षाको हिसाबले सुरक्षित हुने गरी सम्पूर्ण तयारी भईसकेको उहाँले बताउनुभयो ।

    आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उहाँले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने जानकारी दिनुभयो । उहाँले सादा पोशाकमा सुरक्षाकर्मी पनि आवश्यकताअनुसार तैनाथ हुने बताउनुभयो । शान्तिपूर्ण रुपमा मतदान गर्ने गरी तयारी पूरा भएको जानकारी दिँदै प्रजिअ भट्टले कुनै पनि ठाउँमा केही घट्ना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने गरी तयारी अवस्थामा राखिएको बताउनुभयो ।

    यता कास्की क्षेत्र नं २ मा भोली शनिबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रमा मतदान सामाग्री पुगेको छ ।

    मतदान प्रकृयाका आवश्यक काम धमाधम भैरेहको जिल्ला निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित ५६ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेको छ ।

    मतपत्रलगायत निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदानस्थलमा पुगेर सर्वदलिय बैठक सम्पन्न गरिसकेका छन ।

    कतिपय मतदान स्थलमा आवश्यक संरचना निर्माणका काम पनि शुरु भैसकेको छ । उपनिर्वाचनमा ४५० कर्मचारी परिचालन गरिएको छ । मतदाता संख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइएको छ । मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिनेछ ।

    मतदानका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । मतदातालाई निर्धक्क भएर आफ्नो अभिमत जायर गर्न सबैलाई आग्रह गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.