दोस्रो खेलमा भारतसँग ३-० सोझो सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग २५-१५, २५-१३ र २५-१६ को नतिजामा पराजित हुदाँ घरेलु मैदानमा पदक जित्ने सपना अधुराे बनेको छ।
बुधबार भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३-२ को नतिजामा अनपेक्षित पराजय बेहोरेको थियो।जितसँगै भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बंगलादेशले उपविजेताको हैसियतमा अन्तिम चारमा स्थान बनाएको छ।
भारतले समूह ‘बी’को उपविजेतासँग फाइनल प्रवेशका लागि आइतबार खेल्नेछ। त्यस्तै बंगलादेशले फाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेतासँग आइतबार नै खेल्नेछ।
समूह ‘बी’को शनिबार हुने श्रीलंका र पाकिस्तानबीचको अन्तिम खेलले समूह विजेता तथा उपविजेताको टुङ्गाे लगाउनेछ।माल्दिभ्सलाई पराजित गरेका श्रीलंका र पाकिस्तान दुवै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। यद्यपि, समूह विजेता र उपविजेताका लागि भने शनिबार प्रतिस्पर्धा हुनेछ।

Related