गण्डकी प्रदेश सरकारद्धारा महिला हिंसाविरुद्ध अभियानका लागि १६ लाख विनियोजन
"महिला सुरक्षा आवासगृह निर्माण शुरु गरेको प्रदेश सरकारले सामाजिक न्याय र समनताका लागि "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सरकारले महिला सशक्तीकरण सचेतना अभियानका लागि ११ जिल्लालाई १६ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।
महिला हिंसापीडिको सुरक्षाका लागि पोखरा महानगरपालिका वडा नं ३३ मा महिला सुरक्षा आवासगृह निर्माण शुरु गरेको प्रदेश सरकारले सामाजिक न्याय र समनताका लागि हिंसाविरुद्ध महिला–पुरुष दुवै जुट्नुपर्नेमा जोड दिँदै अभियान सञ्चालन गर्न लागेको हो ।
प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको सन्दर्भमा कुरा गर्दै हिंसाका विषय महिलाको मात्रै नभई साझा सवाल भएको बताए ।
मन्त्री पुनले भने, ‘लैङ्गिक हिंसा महिला–पुरुष दुवैमाथि हुने हिंसा हो, यद्यपि तथ्याङ्कमा महिलामाथिको हिंसा बढी भएकाले यसको बुझाई पनि त्यस्तै छ । हामी समुन्नत र समतामूलक समाजको परिकल्पना गरेर अघि बढिरहेका छौँ, यसविरुद्ध पनि महिला–पुरुष दुवै लाग्नुपर्छ ।’
Related