चितवनका तीनवटै वडामा नेकपालाई झड्का, कांग्रेसले मार्यो बाजी
"प्रचण्डको गृह जिल्लामा कांग्रेसले बाजी मारेको छ "
तपाईको प्रतिक्रिया





सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा कांग्रेसले बाजी मारेको छ। उपनिर्वाचनमा अन्य जिल्लामा सन्तोषजनक नजिता खैरहनी नगरपालिकाका दुई वटा वडा र भरतपुर महानगरपालिकाको एउटा वडामा नेकपा पराजित भएको हो।
रेणु दाहाल मेयर निर्वाचित भएको भरतपुर महानगरपालिका–१६ मा नेपाली कांग्रेसका उमेदवार
अमृतराज हमाल निर्वाचित हुनुभएको छ भने चितवनकै खैरहनी–५ मा कांग्रेसकै प्रतीमा कार्की निर्वाचित हुनुभएको छ । कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मतान्तरमा पराजित गर्नुभएको हो।
खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि नेकपाका बेदबहादुर अधिकारीलाई पराजित गर्दै कांग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी हुनुभको छ। उहाँले १ हजार १३८ मत ल्याउँदा नेकपा उम्मेद्वार अधिकारीको पक्षमा ९८६ मत खसेको थियो।
Related