• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साग महिला फुटबल ; भारत ५–० अन्तरले बिजयी

  •      /१७ मंसिर २०७६, मंगलवार १४:३० ,  प्रकाशीत
  • पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको महिला फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको हो ।

    खेल सुरु भएको छैठौं मिनेटमै डेंगी ग्रेसको पहिलो गोलसँगै भारतले माल्दिभ्सविरुद्ध अग्रता लिएको थियो । खेलमा भारतकी एनजी बालादेवीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले भारतलाई जित दिलाउन २ गोलको महत्वपूर्ण योगदान दिइन् ।

    खेलको २६ औं मिनेट र ३५ औं मिनेटमा बालादेवीले गोल गरेपछि भारत महिला फुटबल टोली माल्दिभ्समाथि हाबी भएको थियो । खेल अवधिभर भारत माल्दिभ्समाथि पूर्ण दबाब राख्न सफल भयो । माल्दिभ्सले पनि थुप्रै अवसर पाएपनि त्यसलाई गोलमा बदल्न भने असमर्थ रह्यो ।

    डिफेन्समा कडाइ नगरी अट्याकमा उत्रिएपनि माल्दिभ्सले कुनै पनि गोल फर्काउन सकेन । खेलको दोस्रो हाप ८७ औं मिनेटमा भारतकी मनिषाले टोलीका लागि चौंथो गोल गरेकी गरिन् । उनको गोलको खुसी नसकिँदै भारतकै अर्का खेलाडी जगमानीले ८८ औं मिनेटमा पाँचौं गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

    ५–० को फराकिलो अन्तरले पछि रहेको माल्दिभ्सले अतिरिक्त ४ मिनेट थपिएको थियो । तर, अतिरिक्त समयमा पनि गोल फर्काउन नसकेपछि माल्दिभ्सले पहिलो खेलमा हार व्यहोरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.