• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साग खेलसंगै उचालिंदै छ पोखरामा राष्ट्रप्रेमको भावना

"झांकीहरु सवै हेर्दा लाग्थ्यो राष्टवादको भावान यति वेला खेल मैदानमा पोखिंदैछ "
  •    कृष्ण अन्जान ज्ञवाली  /१७ मंसिर २०७६, मंगलवार १५:४६ ,  प्रकाशीत
  • जहांछन बुद्धका आंखा….
    उकाली ओराली हरुमा ….
    पश्चिम कोहि पुर्वघर आंगन तर एउटै हो ……
    यो नोपाली शिर उचाली……

    पोखरा रंगशालाले यतिवेला यिनै राष्ट्रभक्तिका गित संगितले नेपाली राष्ट्रवादको भावनालाइ जुरुक्क उचालेको छ /

    तेह्रौ दक्षिण एसियाली खेलकुदको भव्य उद्घाटन पोखरा रंगशालामा भए संगै यतिवेला पोखरा खेलमय मात्र भएको छैन कि राष्ट्रिय भावनाले ओत प्रोत भएका गित संगितले पोखरा गुन्जयमान छ ।

    उद्घाटनको दिन सोमवार विहानै देखि पोखरा रंगशाला होस या व्याडमिन्टन हल या क्रिकेट मैदान सवै तिर राष्ट्रिय भावनाका गित संगितका धुनहरु वज्दै थिए र यसको निरन्तरता जारी छ ।

    उद्घाटनका अवसरमा कृष्टल मन्टेश्वरीका स –साना नानिहरु हुन या अन्य झांकीहरु सवै हेर्दा लाग्थ्यो राष्टवादको भावान यति वेला खेल मैदानमा पोखिंदैछ ।कला संस्कृति पनि देशको पहिचान हो र राष्ट्रियता सवैभन्दा ठुलो हो भन्ने १३ औ सागको उद्घाटनका अवसरमा नेपालको झण्डा लिएर पोखरा रंगशालामा उभिंदा आफुले अनुभुति गरेको कृष्टल मन्टेश्वरीकी सञ्चालिका रिना पौडेलको अनुभव रह्यो ।

    खेल संग राष्ट्रियतालाइ जो्डेर यस पटक नेपालले विश्वलाइ राष्ट्रप्रेमका अगाध माया प्रदर्शन गरेको छ ।पोखरा रंगशालामा पटक पटक राष्ट्रप्रेमका शव्दहरुले भरिएका राष्ट्रिय गितहरु कलाकार ले गाइ रहे ।

    मौलिक सस्कृति र भेषभुषाले सजिएका गण्डकी प्रदेशको मुस्तांङ ,वाग्लुंग पर्वत कास्की तँनहुं लमजुङ, स्याङजा सवै क्षेत्रका लोक संस्कृतिका अवयवहरु पोखरा रंगशालामा पोखिएका मात्र थिएनन हामि नेपाली वहुजाती वहु सस्कृतिले र वहु आयामीकतामा पनी राष्ट्रिय एकतामा बांधिएको अनुभव आफुले गरेको १३ औं सागको उद्घाटनका अवसरमा वाटुले चौरका प्रकाश अधिकारीले वताए ।

    त्यसै त पोखरा कला र संस्कृतिको धनि शहर अझै त्यसैमाथि राष्ट्रिय भावनाका गित संगितले यतिवेला पोखारालाइ छपक्कै छोपेको छ र १३ औं सागमा खेल संगै राष्ट्रवादको भावना पनि ह्वात्तै वढेका छ ।

    आयोजकहरुले खेल संगै राष्ट्रिय गितको फरक स्वाद पनि यतिवेला दर्शकहरुलाइ पस्कि रहेका छन ।कालापानि ,लिम्पीयाधुरा ,लिपुलेक र सुस्ता तिरको पिडाले नेपाली मन दुखिरहंदा राष्ट्रभक्तिका स्वहरु सुनेर मन सम्हाल्न सकिएको प्रतिकृया लामाचौरका हरि वरुवालले दिए ।

    निश्चय पनि खेललाइ राष्ट्रभक्तिका गित संग जोडेर नेपालकिो मन जित्न १३ औं दक्षिण एसियाली खेलकुदका आयोजको प्रयास सह्रानिय छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.