काठमाडौं, । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल स्याङजा क्षेत्र नं २ की एमाले सांसद हुन् । उनको जन्म २०२५ पुसमा स्याङजाको वालिङ १४ मा भएको हो । उनले पूर्णामृत भवानी उच्च माविबाट एसएलसी र भक्तपुर बहुमुखी क्याम्पसबाट बिएड अध्ययन पूरा गरेकी हुन् । ०४० सालमा अनेरास्ववियू पाँचौमार्फत राजनैतिक यात्रा सुरु गरेकी उनी ०६९ सालदेखि नेकपा एमालेको केन्द्रिय सदस्य हुन् । स्वास्थ्यसम्बन्धी-संदेश उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहेका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनावी मैदानमा हराउँदा अर्यालको चर्चा चुलिएको थियो । उनी एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बनेकी थिइन् । सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य बनिन् । उनी स्याङजाकी जिल्ला इनचार्ज समेत रहिन् । ०३७ सालमा तत्कालीन नेकपा माले हुँदै राजनीतिमा सक्रिय रुपमा लागेकी अर्याल ०५४ मा वडासदस्यका रुपमा विजयी भएकी थिइन् । ०६४ मा समानुपातिक सभासद् बनेकी थिइन् । महिला सशक्तिकरणमा अग्रणी भूमिका खेलेका अर्याल अधिकार आफैं संघर्ष गरेर लिनुपर्ने बताउँछिन् ।
Source: hamrodoctornews
Related