• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

" नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी "
  •    शुभेच्छा न्यूज  /२२ मंसिर २०७६, आईतवार १७:४० ,  प्रकाशीत
  • १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हाता पार्दा नेपालले कास्यमा चित्त बुझायो ।

    फाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो । जितका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।

    श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन, र खादिजा खुर्वाले समान एक एक विकेट लिए । ४ ओभरको स्पेलमा १ मेडन सहित मात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन् ।

    यसअघि पहिला ब्याटिङ गर्दै ९१ रन बनाएको बंगलादेशका लागि निगार सुल्तानले सर्वा्धिक २९ रन जोडिन् । त्यस्तै, संजिदा इस्लाम र फाहिमा खातुनले समान १५÷१५ रन बनाए भने मुर्सिबा खातुनले १४ रन बनाइन् । श्रीलंकाको बलिङ्गमा उमासा थिमेसाजले ४ तथा सत्या सन्दिपनी, सरिका सेवान्डी, कभिसा दिल्हारी र नलासा रनतुङ्गाले समान १÷१ विकेट हाता पारे । श्रीलंकाको ब्याटिङ्गमा हर्षिता समाराविराले ३२, लिहिनी अप्सराले २५ तथा निलक्साना सन्दामिनीले १० रन जोडिन् ।

    ४ इनिङ्गमा ११.१ ओभर बलिङ्ग गर्दै ५ मेडन सहित ११ विकेट लिएकी नेपालकी बलर अंजली चन्द प्रतियोगिताकै उत्कृष्ट बलर सहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । त्यस्तै ४ इनिङ्गमा १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता समाराविकर्मा उत्कृष्ट ब्याट्स्उमन घोषित भइन् ।

    विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रि विकास लम्साल, विशेष अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, दिपक कोइराला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, क्यानका केन्द्रिय सदस्य ऋषि गौतम, क्यान गण्डकी अध्यक्ष देवेन्द्र प्रजु, क्यान कास्की अध्यक्ष सञ्जयकान्त सिग्देल, टुर्नामेण्ट डाइरेक्टर उत्तम कर्माचार्य लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.