पोखराको पामेमा निशुल्क दन्त शिविर एवं मधुमेह परीक्षणसहित सचेतनामूलक कार्यक्रम
तपाईको प्रतिक्रिया





पोखरामा निशुल्क दन्त शिविर एवं मधुमेह परीक्षणसहित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा पोखराको पामेमा एकदिने निशुल्क दन्तशिविर तथा मधुमेह जाँच सहित सचेतना कार्यक्रमको आयोजना गरेको हो ।
सचेतना कार्यक्रममा मधुमेह विशेज्ञ डा. विपना आचार्य, महेन्द्रपुल डेण्टल केयर सेन्टर प्रालिका सञ्चालक राजु पौडेल, सनराईज बोर्डिङ्ग स्कुलका व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र बिक्रम शाही, रिजनल पर्सन दुर्गा कुमारी आचार्य लगायतले सचेतना कार्यक्रममा सहजी करण गरेको बिरौटा साझा चौतारीका अध्यक्ष सावित्रा पौडेलले जानकारी दिइन्।
१ सय १६ जनाले दन्त तथा मधुमेह परीक्षण गरिएको अध्यक्ष पौडेलले बताइन्। महेन्द्रपुल डेण्टल केयर सेन्टर प्रालिको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमा दाँत तथा मुखरोग सम्बन्धि परिक्षण डाक्टर सृजना पौडेल ओझा र प्राविधिक द्धय करुणा पौडेल, प्रविना थापाले गरेका थिए।
शिविरमा आएका बिरामीलाई महेन्द्रपुल डेण्टलको तर्फबाट ३०% सम्म छुटको व्यवस्था गरिएको डेण्टलका सञ्चालक राजु पौडेलले बताए । ‘हामीले कार्यत्रममा आएका विरामीलाई सहयोग पुगोस भन्ने उदेस्यले छुटको ब्यवस्था गरेको छौ’ उनले भने । ‘हामीले जाँचेका बिरामीलाई बर्ष दिन सम्म यो सेवा प्रदान गर्ने छौं।’
प्रालिले विगतदेखिनै साजिक क्षेत्रमा विभिन्न दन्तशिविर लगायका कार्य गर्दै आएको छ ।
Related