कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धकको मृत्यु
"कार दुर्घटना हुँदा ४ जना घाईते "
तपाईको प्रतिक्रिया





कपिलवस्तुको वाणगंगामा आज भएको कार दुर्घटनामा १ जनाको मुत्यू भएकोे छ । वाणगंगा नगरपालिका वडा नं. ८ बोर्डगाउँ चोक नजिकै पश्चिमतर्फ बाट आईरहेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९, हरनामपुरका २८ बर्षिय सुरेश पाण्डे रहेका छन् । पाण्डे ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धक रहेको बताईएको छ । सोमबार बहिनिको विवाह रहकाले विवाहको तयारीमा हिडेका पाण्डेको दुर्घटनामा मृत्यु भएको बताईएको छ ।
कार तिब्र गतिमा रहेकोले विद्युत पोलमा ठक्कर खाई दुर्घटना भएको प्रहरीको आशंका छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ । साथै कार भने क्षतविक्षत अवस्थामा छ ।
अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
Related