• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाली युवाले बनाए पानीबाट सवारीसाधन चल्ने मेसिन

"पानीबाट पनि सवारी चलाउन सकिने परिकल्पना "
  •    शुभेच्छा न्यूज  /२३ मंसिर २०७६, सोमबार १८:५२ ,  प्रकाशीत
  • गाडी तथा सवारी साधन चलाउनका लागि पेट्रोलियम पदार्थको आवश्यकता पर्छ । पेट्रोलियम पदार्थविना कसरी सवारीसाधन चलाउन सकिन्छ भन्ने विषयमा विश्वमा विभिन्न खोज तथा अनुसन्धान जारी छन् ।

    पेट्रोलियम पदार्थको विकल्पमा इलेक्ट्रिक सवारीहरु प्रचलनमा आइसकेका छन् । त्यसबाहेक पानीबाट पनि सवारी चलाउन सकिने परिकल्पनासहित नेपाली एक इन्जिनियरले एउटा डिभाइस तयार पारेका छन् । उक्त डिभाइसको प्रयोगले पानीबाट समेत सवारी चलेको उनको दाबी छ ।

    युवा इन्जिनियर सुजन जिसीले निर्माण गरेको डिभाइसले पेट्रोलियम पदार्थमा पानी मिश्रण गर्दा सवारी साधन गुड्छ । ‘सक्स डिभाइस’ नाम दिइएको उक्त डिभाईसको प्रयोगले पानीको मिश्रणबाट गाडी चलाउन सकिने उनी दाबी गर्छन् ।

    गाडीमा डिभाइस हालिसकेपछि ४० प्रतिशत पानी र ६० प्रतिशत डिजेलरपेट्रोलको प्रयोग गरेर गाडी चल्ने छ’, युवा इन्जिनियर सुजन जीसीले बताए ।

    यस डिभाइस प्रयोगबाट गाडीको २० देखि ४० प्रतिशतसम्म माइलेज समेत बढने उनले दाबी गरे । गाडीको पिकअप बढने, इन्जिनले उच्च पावर प्रदान गर्ने, यदि ट्रक हो भने इन्जिनमा जम्माभएर बसेको कार्वनहरुलाई समेत बाहिर निकाल्ने छ ।

    इन्जिनियर जीसीका अनुसार यो डिभाइसको प्रयोगपछि गाडीको आयु बढाउनुका साथै आवाज पनि कम गर्छ । यो डिभाइस इन्जिन भएका सम्र्पूर्ण सवारी साधनमा प्रयोग गर्न सकिने छ । गाडीको सीसी अनुसार भने फरक फरक खालको डिभाइस प्रयोग हुनेछ ।

    पेट्रोल–डिजेलमा लाग्ने पैसाको रकम बचत हुन सक्छ भने गाडीबाट निस्किने हानिकारक ग्यासलाई ६० प्रतिशतले घटाउने उनले दाबी गरेका छन् ।

    सक्स डिभाइसको मूल्य गाडीमा प्रयोग गर्दा ५० हजार र मोटरसाइकलमा प्रयोग गर्दा १५ हजार तोकिएको छ । डिभाइसमा दुई वर्षको ग्यारेन्टि दिइएको छ । यदि आफुहरुले भनेको ठाँउमा इन्जिनको सर्भिस गराउने हो भने इन्जिनको समेत ग्यारेन्टी लिन सक्ने उनको दाबी छ ।

    गाडीमा प्रयोग गर्ने पानी पनि आफुहरुले नै उत्पादन गरेको बताउँदै ४.६ लिटर पानीको प्रयोगले १ हजार किलोमिटर भन्दा ज्यादा माइलेज दिने जिसीले दाबी गरे ।

    यो पानीमा विशेष किसिमको केमिकल प्रयोग गरी बनाइएको हुन्छ । उक्त पानीको प्रतिलिटर ३० रुपैयाँ पर्ने उनले बताए ।
    sorce खबरहब

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.