पोखरा । पोखरामा लिटरेचर फेस्टिबल हुने भएको छ । आईएमई नेपालको लिटरेचर फेस्टिबलको ८ औं संस्करण शुक्रबारदेखि पोखरास्थित लेकसाइडको बाराहीघाटमा हुने भएको छ ।
बुकवर्म फाउन्डेसन र ¥यान्डम रिडर्स सोसाइटीकोको आयोजनामा फेष्टिबल हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो।
फेस्टिबल मंसिर २७–३० गतेसम्म आयोजना हुने छ। बुकवर्म फाउन्डेसनका निर्देशक अजीत बरालले फेस्टिबलमा अघिल्ला संस्करणभन्दा यस पटक नयाँ वक्तालाई आमन्त्रण गरिएको जानकारी दिए ।‘सुरुका संस्करणमा एउटै अनुहार दोहोरियो भन्ने धेरै गुनासा र सुझाव आयो,’ उनले भने, ‘यसपटक हामीले ९८ प्रतिशत नयाँ वक्तालाई फेस्टिबलमा ल्याउन लागेका छौं ।’
४ दिनसम्म चल्ने फेस्टिबलमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् ।कार्यक्रम १ दर्जनभन्दा बढी विदेशी लेखक सहभागी हुने बरालले जानकारी दिए । ‘फेस्टिबलमा अन्तर्राष्ट्रिय लेखकहरुलाई पनि ल्याउन लागेका छौं । यहाँको साहित्यलाई अन्तर्रा्ष्ट्रियकरण गर्न पनि सहयोग मिल्ने अपेक्षा राखेका छौं,’ उनले भने । फेस्टिबलमा ४० भन्दा बढी सेसन समावेश गरिएको छ ।
फेस्टिबलको पहिलोदेखि ४ संस्करण काठमाडौंमै गरिएको थियो । ५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको हो । फेस्टिबलको अर्का आयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिबलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गरे । ‘फेस्टिबलका सबै संस्करणमध्ये ४ वटा पोखरामै भएका छन् । त्यसले पनि हामीलाई अपन्वत्व महसुस भएको छ,’ उनले भने, ‘यस संस्करणमा २० प्रतिशतभन्दा बढी वक्ता पोखरेली बुद्धिजीविलाई नै सहभागी गराउन पाउँदा हामी पनि खुसी छौं ।’
साहित्य महोत्सवले युवा पाठकमाझ पठन संस्कृतिमा उत्प्रेरकको भूमिका खेलेको उनले दावी गरे ।महोत्सवमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डिएससी प्रदान गरिने छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो ।
नेपालको साहित्य महोत्सवमा पुरस्कार वितरण गर्न पाउँदा खुशीलागेको पुरस्कारका सहसंस्थापक सुरिना नरुलाले बताइन् । ‘आइएमई नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ’ उनले भनीन् ।

Related