सागमा स्वर्ण पदक जित्ने हरेकलाई ९ लाख दिने सरकारको घोषणा "सबै भन्दा धेरै गाैरिकाले पाउने " शुभेच्छा न्यूज /२५ मंसिर २०७६, बुधबार १७:३१ , प्रकाशीत दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने हरेक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ प्रोत्साहन प्याकेजको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सागमा पदक जितेका खेलाडीहरुलाई सरकारी निवास बालुवाटार बोलाएर प्रोत्साहन प्याकेज घोषणा गरेका हुन्। त्यस्तै रजत विजेता ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख दिइने छ। एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख पाउनेछन्। यस्तै टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख दिइनेछ। नेपालले सागमा ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जितेको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने हरेक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ प्रोत्साहन प्याकेजको घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सागमा पदक जितेका खेलाडीहरुलाई सरकारी निवास बालुवाटार बोलाएर प्रोत्साहन प्याकेज घोषणा गरेका हुन्।
त्यस्तै रजत विजेता ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा सरकारले गरेको छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख दिइने छ।
एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख पाउनेछन्।
यस्तै टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख दिइनेछ। नेपालले सागमा ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जितेको छ।
Related