वडाअध्यक्ष सरह तलब सुबिद्या माग गर्दै प्रदेश ४ का वडासदस्यहरु आन्दोलनमा
/५ चैत्र २०७४, सोमबार १२:४३ , प्रकाशीत
पोखरा, ५ चैत । प्रदेश नम्वर ४ का स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यहरुले वडाध्यक्षकै हेसियतमा तलब सुविधा पाउनुपर्ने माग गरेका छन्।
प्रदेश अन्तरगतका विभिन्न जिल्लाबाट पोखरामा जम्मा भएका स्थानीय तहका सदस्यहरुले सोमबार संयुक्त रुपमा प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई वडाध्यक्षकै बराबरको तलब माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले जिम्मेवारी अनुसारको काम गर्न तयार रहेको भन्दै सोही अनुसार काम र तलब सुविधा हुनुपर्ने माग गरेका हुन् ।
जनप्रतिधिलाई फरक ब्यवहार देखाउन नहुने भन्दै उनीहरुले तत्कालै समान सुविधाको ब्यवस्था मिलाउन आग्रह गरेको पोखरा लेखनाथमहानगर पालिकाका कार्यपालिका सदस्य ओम गौचनले बताए । उनले सभामुखलाई ज्ञापनपत्र बुझाउदै सदस्यहरुले माग पूरा नभए कडा संघर्ष गर्ने चेतावनी दिएको बताए ।

Related