सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक अन्तर्गत ६ किलो मोडमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेहरूको सिन्धुसदाबहार अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाइ उपचारका लागि काठमाडाैं ल्याइएको छ ।
कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको सो बस दुर्घटना भएको हो । सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

Related