कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित पोखरा पल्टन्सले पोखरा प्रिमियर लिग (पिपिएल)अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको छ।
पोखरा क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको पोखराले १४.१ ओभरमा मात्र एक विकेट गुमाएर १ सय १६ रनको विजयलक्ष्य पूरा गरेको हो।
यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराका लागि कुशलले ३४ बलमा अर्धशतक पूरा गर्दै अविजित ६५ रनको इनिङ खेले।
४३ बलको सामना गरेका ओपनर ब्याट्सम्यान कुशलले ४ चौका र ५ छक्का प्रहार गरेका थिए। त्यस्तै पोखराका रवीइन्दर सिंहले ३२ बलमा अविजित ३८ रन जोडे। आशिफल शेख १० बलमा १४ रन जोड्दै सुषन भारीको एलबिडब्युको शिकार भएका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेको काठमाडौंका लागि सुषनले एक विकेट बाहेक अन्य बलरले विकेट लिन सकेनन्।पहिलो इनिङमा सुवोध भाटीको ४५ रन मद्दतमा काठमाडौंले १ सय १५ रनको योगफल तयार गरेको थियो।
टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो।

Related