• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कालीगण्डकी करिडोरको ३० किमी सडकखण्ड हस्तान्तरण

  •    शुभेच्छा न्यूज  /२ पुष २०७६, बुधबार ०७:५२ ,  प्रकाशीत
  • नेपाली सेनाद्धारा निर्माणाधीन कालीगण्डकी करिडोर अन्तर्गतको ३० किलोमिटर सडकखण्ड हस्तान्तरण गरिएको छ ।

    सेनाले कालीगण्डकी करिडोर आयोजना अन्तर्गत गुल्मीको रुद्रवेनीदेखि अर्वेनीसम्म २० किलोमिटर र बाग्लुङ्गको मालढुङ्गादेखि बलेवा एयरपोर्टसम्म १० किलोमिटरसहित जम्मा ३० कि.मि. सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको हो ।

    यसैबीच, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्मा, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतको निरीक्षण भ्रमण टोलीबाट निर्माणाधीन कालीगण्डकी करिडोरको स्थलगत निरीक्षण गरेका छन् ।

    उक्त सडक हस्तान्तरण कार्यक्रममा आफ्नो बोल्दै मन्त्री ज्ञवालीले नेपाली सेनाले विकास निर्माणका जोखिमपूर्ण अवस्थामा कठिन कार्यहरु गर्दै गरेको साथै महत्वपूर्ण घडीमा समेत राष्ट्रलाई सहयोग गर्दै आएको बताए।

    कालीगण्डकी करिडोरलाई मित्रराष्ट्र चीन र भारतसँग जोड्ने सामरिक महत्वका योजनाका रुपमा रहेको बताउदै दुई छिमेकी राष्ट्रको आर्थिक विकासबाट लाभ लिएर नेपालको आर्थिक उन्नतिमा लाग्नुपर्ने मन्त्री ज्ञवालीले बताए ।

    कार्यक्रममा प्रधानसेनापति थापाले आफ्नो नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने गहन जिम्मेवारी नेपालको संविधानले नेपाली सेनालाई प्रदान गरेको बताए ।

    नेपाल सरकारबाट मिति २०७० वैशाख २० गते उक्त करिडोर अन्तर्गतको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले रिडिदेखि रुद्रवेनीसम्मको ७ कि.मि. सडक खण्ड मिति २०७५ फाल्गुण १ गते सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको थियो ।

    उक्त सडक आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको छ ।

    गण्डकी प्रदेश सभाका सदस्यहरु, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका स्थानीय प्रमुखहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरुलगायत स्थानीयहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.