• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सिरहाको लक्षमिपुर गाउँ पतारी पालिकामा बजेट सार्वजनिकिकारण

  •    शुभेच्छा न्यूज  /४ पुष २०७६, शुक्रबार ०८:५७ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका द्वारा बुधबार गाउँ सभामै पत्रकार सम्मेलन गरी आर्थिक वर्ष ०७६र७७ को संशोधित वार्षिक नीति तथा कार्यक्रम सार्वजानिकीकरण गरेको हो ।

    प्रस्तुत संशोधित नीति तथा कार्यक्रम सम्बन्धित पालिकाका प्रशासकिय अधिकृत रविन्द्र महतले वाड नं १ देखि ६ सम्म पूल निर्माण, कलभर्ट निर्माण, पोखरी सौन्दर्यीकरण, बजार व्यवस्थापन गर्न ढल निर्माण, सार्वजानिक शौचालय, कृषि सिचाइ, कालोपत्रे आयोजना, सामुदायिक भवन निर्माण, एम्बुलेन्स खरिद, पक्की नाला निर्माण, विद्युतिकरण ,दुर्गा मन्दिर निर्माण, हनुमान ढोकाको कम्पाउन्ड निर्माण, शिव मन्दिर जिर्णेदार तथा देवीथान व्यवस्थापन जस्ता शीर्षकमा ७३ करोड ६० लाख रुपैयाको अनुमानित बजेट भएको कार्यक्रममा अधिकृत महतले बताए ।

    २०७६ श्रावण देखि मंसीर २१ सम्मको विवरण्नमा २ करोड ५५ लाख ६८ हजार ५ सय ७९ रुपैयाको र सशर्त वजेट खर्च विवरणमा २ करोड ५५ लाख ६८ हजार ५ सय ७९ रुपैया ९८ पैसाको जम्मा खर्चको विवरण सार्वजानिक गरेका छन् ।

    उक्त गाउँपालिकाले आर्थिक वर्ष ०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम गाउँ सभाबाट २०७६ अषााढ १० गतेमा पेश भइ बृहत छलफल गरि पास गरिएको थियो । उक्त गाउँ सभामा पेश भएका स्थानीय तहको आर्थिक विधेयक २०७६ र स्थानीय तहको विनियोजन विधेयक २०७६ माथि दफावार छलफल गरि संशोधन गरिएको कुरा पनि सार्वजानिक गरिएको छ ।

    उत्त गाउाँपालिकामा विगत केही दिन देखि नेकपा र नेपाली कांग्रेसले वडामा बजेट बाँडफाँडबाट सन्तृष्टी नभई विभिन्न मितिमा ज्ञापनपत्रहरु बुझाउदै आएको थियो । सो समेतको खण्डन गाउँपालिका अध्यक्ष राम बल्लभ साहले गर्नु भएको हो ।

    सम्बोधन कै क्रममा नेकपा कै प्रतिनिधि बिरेन्द्र साहले भने नेकपा भित्र आफैमा मिलोमतो छैन । कुनै कदम चाल्नु भन्दा पहिला सरसल्लाह नै हुदैन, आफै आफै गर्ने गर्दछ जस्ता आरोप आफनै पार्टीका कार्यकर्ताहरु माथि लगाउनु भयो ।

    कार्यक्रम गापा अध्यक्ष रामबल्लभ साहको अध्यक्षतामा भयो भने वडा १,२ र ३ का अध्यक्षहरुको उपस्थिती रहेकोमा वडा ४, ५ र ६ का सचिवहरुको उपस्थिती रहेको भए पनि वडा अध्यक्षहरुको उपस्थिती रहेको थिएन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.