• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मनिपाल बिवाद ः किन चेत्दैन प्रशासन

  •      /६ चैत्र २०७४, मंगलवार १४:३३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा । मनिपाल शिक्षण अस्पताल प्रशासन र कार्यरत कर्मचारी बीच लामोसमय देखि कायम रहेको बिवाद समाधानको लागि प्रदेश सरकारले चासो देखाएको छ। बिगत नौ महिना देखि बिभिन्न ५ बुदे माग राखेर आन्दोलनरत कर्मचारीहरुको समस्या समाधान गर्न प्रदेश ४ का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमान मंगलबार अस्पताल पुगेर आन्दोलनरत पक्ष र अस्पताल प्रशानसनबीच छलफल गरेका छन ।
    अस्पताल प्रशासनसंग भएको छलफलमा मन्त्री चुमानले कुनैपनि मागलाई पहिला सकारात्क रुपमा हेर्न सुझव दिएकाछन्। समस्या दुबै थरिका हुन सक्ने बताउदै उनले समस्यालाई सुरुमै नकारात्मक दृष्टिको कोणबाट मात्र हेर्ने प्रशासनलाई निर्देशन दिउका हुन्।
    प्रदेश राजधानी पोखरामै रहेको अस्पतालमा लामोसमय देखि कर्मचारी संग बिवाद हुदा जनताको अस्पताल प्रति नकारात्मक भाब पैदाहुने बताउदै आन्तरिक समस्यालाई टुङ्गाउन आग्रह गरे। ‘यदि आन्तरिक झगडामा अल्झिनुभो भने जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन बाट बन्चीत हुने अबस्था आउन सक्छ’ उनले भने। ‘कसैले समस्या झेल्न नपरोस भनेर सरकारले यस बारेमा चासो देखाएकोहो।’ मन्त्री परिषदमा पनि यो बिषयमा कुरा उठाएर समाधानको पहल गरिने उनको भनाई थियो। कर्मचारीको मनोबल उच्च बनाएर नेपालका प्रचलित नियम कानुनको आधारमा अगाडी बढ्न उनले प्रसासनलाई आग्रह गरे ।
    मन्त्री चुमान संगको छलफलमा अस्पतालका डिन बिएम नागपालले अस्पताल घाटामा चलेको बताउदै चिकित्सकले माग गरे अनुसारको सेवा सुबिधा दिन प्रशासनले नसक्ने बताए । यद्यपि आफुहरु बार्ताकोे माध्यम बाट समस्या समाधान गर्ने तयार रहेको उनले स्पष्ट पारे । ‘अस्पतालनै घाटामा चलेको छ, कसरी प्रशासनले माग अनुसार माग पुरागर्न सक्छ’ उनले भने। ‘यसमा दुवै पक्षले सुझबुझ देखाउन आवस्यक छ,प्रशासन बार्ताबाटै समस्य समाधान चाहन्छ।’
    आन्दोलनरत अखिल नेपाल स्वास्थ्यकर्मी संघका केन्दीय सचिव रमेश बोहोराले दश बर्ष सम्म अस्थाई कर्मचारी राख्ने नियम कहीँ नभएको बताए । अस्पताल प्रसासनले तलव भन्दा पनि अन्य सुबिधामा पनि नेपालीहरुलाई अत्याचार गरेकाले आन्दोलन गर्नुपरेको उनको भनाई छ ।
    मेडिकल काउन्सीलले ७३ बर्ष काटेका डाक्टरलाई अबकास दिने र्निणय गरेको भएपनि मनिपालमा युवा डाक्टरलाई करारमा राख्ने र उमेर हद काटेकालाई स्थाई गरेर काममा लगाईराख्ने गरिएको आन्दोलनरत कर्मचारीहरुको भनाई छ ।
    बिगत लामो समयदेखि नेपाली र भारतिय चिकित्सक कर्मचारी बिच बिभेद गरिएको भन्दै आन्दोलन चलिरहेको यस अस्पतालमा त्यहाँका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन।
    अखिल नेपाल स्वास्थ्यकर्मी संघको अगुवाईमा भएको आन्दोलनमा कर्मचारीहरुको सेवासुबिधा बृद्धि गर्ने, दश बर्ष देखि अस्थाई रुपमा काम गर्दे आएका कर्मचारीहरुलाई स्थाई गर्नुपर्ने लगायतका माग रहेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.