इलेक्ट्रो मेकानिकल संघ नेपालको १८ औं साधारण सभा शनिबार पोखरामा भएको छ । साधारण सभामा संस्थाको विकासमा योगदान पु¥याएको भन्दै संस्थाका सदस्य शिवजी रानाभाट र वसन्तप्रसाद कोइरालालाई सम्मान गरिएको छ ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, संस्थाका अध्यक्ष गोविन्दप्रसाद पौडेल र संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारीले उनीहरुलाई माला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अधिकारी क्षेत्रीले सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न रोजगारीको लागि युवाहरु विदेशीने क्रमलाई रोक्नुपर्ने बताए । उनले युवाहरुलाई कामको खोजीमा विदेश जान नपर्ने र विदेश भएका युवाहरुलाई स्वदेशमै राजगारीको वातावरण बनाए मात्र मुलुक समृद्ध हुने बताए ।
उनले सरकारको नारालाई साकार पार्न निजी क्षेत्र र यस्तै संघ, संस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले युवाहरुलाई संघ, संगठनमा आवद्ध गराइ उनीहरुलाई सीप सिकाएर उद्यमशील बनाउनु पर्ने खाँचो औंल्याए ।
देशलाई आर्थिक रुपमा सवल बनाउन युवाको भूमिका महत्वपूर्ण हुने भएकाले युवालाई रोजगारको साथै उद्यम र स्वरोजगतर्फ जोड दिनुपर्ने बताए । कार्यक्रममा नेपाल रेफ्रिजेरेसन मर्मत संघका अध्यक्ष विनोद डंगोल एउटै उद्देश्य भएका २ संस्थाबीच कार्यगत एकता आवश्यक भएको बताए ।
नेपाल इलेक्ट्रो मेकानिकल संघ नेपालका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारी, औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष वलभद्र नकर्मी, पोखरा इलेक्ट्रिक एसोसिएसनका अध्यक्ष राजु भण्डारी लगायतले संस्थाले गरेका गतिविधि मेकानिकल क्षेत्रमा देखिएका समस्याका बारेमा बोलेका थिए ।
संस्थाको साधारण सभाले महासचिव माधव तिवारीले प्रस्तुत गरेको प्रतिवदेन र कोषाध्यक्ष इन्द्रलाल श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गरेको छ ।
गण्डकी प्रदेशका १० जिल्लाबाट प्रतिनिधित्व रहेको साधारण सभामा संस्थाका उपाध्यक्ष अरुण थापाले स्वागत गरेको थिए भने सञ्चालन महासचिव तिवारीले गरेको थिए ।
कार्यक्रममा नयाँ सदस्य र आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने संस्थामा १ सय १३ जना सदस्य छन् ।

Related