• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेवातालमा आउने माटो रोक्न सिल्टेसन ड्याम,

"५ ठाउँमा चेकड्याम बनाए र सिल्टपोखरी निर्माण गर्ने "
  •    शुभेच्छा न्यूज  /९ पुष २०७६, बुधबार २०:३९ ,  प्रकाशीत
  • फेवाताल संरक्षणका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फेवातालका मुहानमा सिल्टेसन ड्याम निर्माणका काम थालेको छ ।

    बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा २४ बेतयनी खोलामा निर्माण हुने ड्यामको सिलन्यास गरे ।

    फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पोखरा २४ पामे स्थित बेतयनी खोला एक र दुई, लौरुक खोला, पोखरा २३ र २४ को अधेरी खोला र पोखरा २३ स्थित हर्पन खोला घाँटीछिना गरि ५ ठाउँमा चेकड्याम बनाए र सिल्टपोखरी निर्माण गर्ने पोखरा महानगरपालिकाका इन्जिनियर सारदामोहन काफ्लेले जानकारी दिए ।

    बेतयनी खोला आयोजनाको स्याङ्जाको श्री गीता र जयनेपाल इश्वर जेभी, लौरुक खोला, अधेरी खोला तथा हर्पन खोला गरि ३ वटा आयोजना खड्का कृष्ण र पि.के जेभी दाङले निर्माण गर्ने छन् । १५ महिना भित्र काम सम्पन्न गर्ने गरि २८ करोड १६ लाख हजार रुपैयामा दुई निर्माण कम्पनीले जिम्मा लिएका हुन् ।

    पाँच ठाउँमा सिल्टेसन ड्याम निर्माण पछि प्रत्येक वर्ष ५ लाख मेट्रिक टन ढुङगा बालुवा निकाल्न सकिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । उनले त्यसलाई विक्रि गरे बार्षिक २३ करोड आम्दानी गर्ने लक्ष्य रहेको बताए ।

    सिलन्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सिमाङकन छिटै हुने बताए । उनले संघिय समितिले काम गर्न ढिलाई गर्दा फेवातालको संरक्षणका काम आगडी बढ्न नसकेको बताए ।

    उनले संघिय सरकारले बेलैमा काम नगर्दा अदालतको अपहेलनाको मुद्धा समेत खेप्नु परेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.