• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भ्रमण वर्षलाई स्वागत गर्न गुफा क्षेत्रमा विविध कार्यक्रम गरिदै

  •    शुभेच्छा न्यूज  /१० पुष २०७६, बिहीबार १९:५८ ,  प्रकाशीत
  • नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी महेन्द्र गुफा तथा चमेरे गुफामा विविध कार्यक्रम गरिने भएको छ ।

    गुफा हेर्न आउने आन्तरिक तथा वाहृय पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष २०२०को प्रचार र स्वागत स्वरुप पुस १६ गते विहान देखि नै प्रभातफेरी सहित विविध सांस्कृतिक कार्यक्रम गरिने संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो ।

    विन्ध्यवासिनी मा.वि, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजना र वडा कार्यालय पोखरा १६ को समन्वयमा सरसफाई, प्रभातफेरी सहित विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

    पुस १६ गते विहान महेन्द्र गुफा र चमेरे गुफामा प्रवेश गर्ने पर्यटकलाई स्वागत सहित सम्मान गरिने र त्यसपछि विभिन्न जनजातिको झाँकी सहित सारङ्गी र पञ्चेवाजा वजाएर विभिन्न स्थानमा परिक्रमा गरिने गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष गोविन्दवहादुर वस्नेतले वताउनुभयो ।

    प्रभातफेरीमा त्यस क्षेत्रमा वसोवास गर्ने विभिन्न समुदायले आ आफ्नो भेषभुषा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ,महेन्द्र गुफा र चमेरे गुफामा दिनभर नै सारङ्गी र पञ्चेवाजा वजाएर पर्यटकलाई स्वागत गर्ने तयारी भैरहेको छ ।

    उक्त दिन के.आई सिंह पुल देखि नै स्थानियले घर अगाडी फुलको घडा राखी पर्यटकलाई स्वागत गरिने जनाईएको छ ।कार्यक्रमको तयारी स्वरुप अहिले गुफा क्षेत्रमा ध्वजापतका टाँस्ने ,रङ रोगन गरेर सिर्गाने तथा विभिन्न सन्देश लेखिएका फ्लेक्स टाँस्ने कार्य भैरहेको छ ।

    भ्रमण वर्षकै पुर्वसन्ध्यामा वडा भित्रका संघ संस्थाको समन्वयमा पुस १२ गते वृहत सरसफाई गरिने समितिले जनाएको छ ।महेन्द्र गुफा देखि शुरु हुने सरसफाई कार्यक्रम के.आई सिंहपुलमा पुगेर समापन गरिने वताईएको छ ।

    भ्रमण वर्षलाई केन्द्रित गरी वडा कार्यालयले सुचनामुलक डिजीटल वोर्ड राख्ने तयारी समेत गरेको छ ।पुस १६ गते अग्रेजी नयाँ वर्ष पनि परेकाले उक्त दिन पर्यटकको चाप वढ्ने अनुमान समितिले गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.