• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकार र निजि क्षेत्र मिलेर उत्पादन वृद्धि गर्नू पर्छ ; मन्त्री लम्साल

"पोखरामा औद्योगिक व्यापार मेला शुरु "
  •    शुभेच्छा न्यूज  /१८ पुष २०७६, शुक्रबार १९:१२ ,  प्रकाशीत
  • पोखरामा औद्योगिक व्यापार मेला आज (शुक्रवार) देखि सुरु भएको छ । लगानीको सम्बर्दन, उद्योग व्यवसायको प्रवर्दन” भन्ने मुल नाराका साथ औद्योगिक व्यापार मेला सञ्चालन गरिएको हो ।

    पोखराको नयाँबजार स्थित प्रदर्शनी स्थलमा हुन गइरहेको समृद्धि स्टिल्स् राष्ट्रिय औधोगिक व्यापार मेलाको खराब मौसमका कारण उद्योग पोखरा वाणिज्य महासंघको सभाहलमा उद्घाटन समारोह आयोजना गरिएको थियो ।

    पोखरा उद्योग बाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको आयोजनमा सञ्चालन भएको औद्योगिक व्यापार मेलाकोको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकार र निजि क्षेत्र मिलेर उत्पादन वृद्धिका साथै रोजगारी सिर्जना गर्नुपर्नेमा जोडदिनुभयो ।

    निजि क्षेत्र सँगको साझेदारीमा देशमा उत्पादन बद्धि सँगै रोजगारी सिर्जना गर्ने धेरै अवसरहरु भएको बताउदै उत्पादन वद्धि हुने क्षेत्रमा लगानी बढाउन निजि क्षेत्रलाई अपिल समेत गर्नुभयो ।

    मन्त्री लम्सालले स्वदेशी उत्पादनहरुले बजार भाउ नपाउदा मुलकले दिनानुदिन चर्को व्यापार घाटा व्योहोर्नुपरेको वर्तमान अवस्थामा निजि क्षेत्र सँगको सहकार्य बाटनै स्थानिय स्तरमा उत्पादित बस्तुहरुलाई अन्तराष्ट्रिय बजार पु¥याउन सकिने बताउनुभयो ।

    मन्त्री लम्सालले स्वदेशी गुणस्तरिय बस्तुले बजार भाउँ नपाउने तर गुणस्तरहिन बिदेशी सामाग्रहरुले नेपाली बजार कब्जा गर्दै गएको बताउदै आयातित सामान प्रयोग गरेर मुलुकले कहिले पनि आर्थिक विकास र समृद्धि हासिल नगर्ने बताउनुभयो ।

    देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न स्थानिय उत्पादन हुनुपर्नेमा जोड दिदै मन्त्री लम्सालले एक गाउँ एक उत्पादन हुने गरी अब गाउँ गाउँबाट उत्पादन, रोजगारलाई बिषेश जोड दिनुपर्ने बताउनुभयो ।

    प्रदेशको राजधानी पोखराबाट आगामी करिब एक बर्षमा अन्तर्रा्ष्ट्रिय हवाई उडान हुने हुदा आगन्तुक पाहुनालाई खुवाउने देखि आफ्नो देशमा नेपालको चिनोको रुपमा लैजाने सामानहरुको लागि कोसेली हाउस स्थापना गर्नुपर्ने मन्त्री लम्सालले बताउनुभयो ।

    उनले भन्नुभयो “ हामीले सन २०२१ देखि पोखरामा सिधा अन्तराष्ट्रिय हवाई उडान गर्दैछौं, यहाँ आएका पाहुनालाई हामीले कोसेलीको रुपमा के दिन भनेर अब हामीले सोच बिचार गरी नयाँ नेपाली पन झल्कने बस्तु उत्पादन गर्नुपर्छ, जसलाई हामीले ड्युटि फ्रिबाट करोडौंको सामान विदेश निर्यात गरी डलर आर्जन गर्न सक्छौं । ”

    प्रदेश सरकारले गत बर्ष कोसेली घर स्थापना गर्न ५० लाख रुपैया विनियोजन गरे पनि प्राविधिक कारणले गर्दा काम अघि बढ्न नसकेकोको उल्लेख गर्दै मन्त्री लम्सालले यस बर्ष भने कोसेली घर स्थापना गर्न निजी क्षेत्रसंग प्रदेश सरकारले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

    प्रदेश सांसद एवं संघका पूर्व अध्यक्ष बिन्दुकुमार थापाले मेला महोत्सवले देशको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको जनाउनुभयो ।पोखरा उद्योग,वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योग क्षेत्र बलियो बन्न नसकेमा मुलुकमा रोजगारी र समृद्धि प्राप्त गर्न नसकिने बताउनुभयो ।

    उद्योग क्षेत्रको चौतफी विकासका लागि सरकारले ठोस कार्ययोजना ल्याउनुपर्ने धारण राख्नुभयो । उहाँका अनुसार मेला बाट बचल भएको रकम प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माण तथा सामाजिक कार्यका लागि मात्र खर्च गरिने छ ।
    ।
    पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेलले आगन्तुक पाहुनाको लागि स्थानिय उत्पादनको मायाको चिनो (कोसेली) अति आवश्यक भएको बताउनुभयो ।

    यही पुष २८ गतेसम्म चल्ने उक्त मेलामा २०७६ मा २ सय ७० वटा व्यापारिक स्टलहरु रहने भएकाछन् ।सो मेलामा विभिन्न औद्योगिक उत्पादनका सामाग्रीहरु, हस्तकला, बगैचा, बैंक तथा वित्तीय क्षेत्र, फ्लोरिकल्चर, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य घरायासी सामानहरु, लत्ता कपडा तथा श्रृगारका सामाग्रीहरु मेलामा खरिद गर्न सकिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.