• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कपडा व्यवसायी एशोसियसनद्धारा आर्थिक पत्रकारिता पुरस्कार स्थापना

  •    शुभेच्छा न्यूज  /१९ पुष २०७६, शनिबार १९:२७ ,  प्रकाशीत
  • कपडा व्यवसायी एशोसियसन कास्कीको शनिबार सम्पन्न २० औँ साधारणसभाले महत्वपुर्ण प्रस्तावहरु पारित गरेको छ ।

    सधारणसभाले पोखराको व्यावसायीक विकासका खातिर आर्थीक क्षेत्रमा कलम चलाउने १ जना पत्रकारलाई प्रत्येक अधिवेशनमा नगद रु.११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्र सहित आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रस्ताव पास गरेको हो ।

    यस्तै प्रत्येक साधारण सभामा महिला उद्यमी सम्मान प्रदान गर्ने, संस्थाको स्थायी सचिवालय स्थापना तथा निर्माणका लागि कोष सथापना गर्ने, प्लस टु र स्नातकोत्तर उतिर्ण व्यवसायीका छोराछोरीहरुलाई नगद सहित सम्मान गर्ने, विपत्तिमा परेका व्यवसायीको क्षेतिको आँकलन गरि अधिकतम रु.२५ हजार सम्म सहयोग प्रदान गर्ने, सहकारी अवधारणामा सामुहिक लगानी गर्न सकिने सम्भावित सयुक्त उद्यमको विकास गर्ने, लगायतका महत्वपुर्ण प्रस्तावहरु समेत पारित गरेको छ ।

    यसअघि साधारणसभाको उद्धघाटन गर्दै पोखरा उद्योण वाण्ीज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसाय संचालनमा थुप्रै नीतिगत समस्याहरु रहेको बताउनुभयो । सरकारले विभिन्न वाहानामा व्यवसायीहरु माथी कर आतंक थपेको भन्दै त्यसको समाधानका लागि आफुहरुले निरन्तर पहल गरिहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    साथै फुटपाथमा हुने व्यवसायलाई नियन्त्रण गर्न नसकिएको उल्लेख गर्दै उहाँले प्रतिकुलता भित्र अनुकुलता सहित सफलताको खोजि गर्न व्यवसायीहरुलाई हौषला प्रदान गर्नुभयो । बजार र उपभोक्ताको माग अनुसार अगाडी बढ्नु पर्ने चुनौती रहेको बताउदै उहाँले पुरानो ढंगको शैलिमा परिवर्तनको आवाश्यकता औल्याउनुभयो ।

    एशोसियसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बाँस्तोलाले संस्थागत विकासका लागि सदस्यहरुको सक्रिय सहभागीताको अपेक्षा व्यक्त गर्नुभयो । व्यवसायिक हित र विकासका लागि समेत व्यवसायीहरु बिचको एकता जरुरी हुने उहाँले तर्क गर्नुभयो ।

    फ्लोरिङ तथा फर्नेसिङ व्यवसायी संघका अध्यक्ष रामकृष्ण ढुंगानाले पोखराको सडकमा हुने पोके व्यापारीहरुसंगको लडाँई निकै चुनौतीपुर्ण रहेको बताउनुभयो ।

    रमाईलो पारिवारिक बनाभोज सहित हेमजाको याम्दीमा एशोसियसनका अध्यक्ष बिष्णुप्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत वरिष्ठ उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, निवर्तमान अध्यक्ष नविन नापितले धन्यवाद ज्ञापन तथा संचालन महासचिव धर्ममान सिंह भण्डारीले गर्नुभएको थियो ।

    साधारणसभाले कोषाध्यक्ष पोषराज पौडेलको लेखापरिक्षण सहित आर्थीक प्रतिवेदन पनि पारित गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.