• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नारायणकाजी श्रेष्ठले र भगवती न्यौपानेको उम्मेदवारी दर्ता

"दुई वर्षे कार्यकाल सकिएका १९ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन "
  •    शुभेच्छा न्यूज  /२० पुष २०७६, आईतवार १५:४२ ,  प्रकाशीत
  • आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

    केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन्।

    यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन्। न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समथृकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन्।

    श्रेष्ठ र न्यौपानेलाई नेकपाले गण्डकी प्रदेशबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार चयन गरेको थियो। दुई वर्षे कार्यकाल सकिएका १९ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आयोगले माघ १० गते चुनाव गर्न लागेको हो।

    गण्डकीको अंकगणित यस्तो छ
    गण्डकी प्रदेशसभाका ६० सदस्यमध्ये ३९ सिट नेकपाको छ । प्रदेशसभामा कांग्रेसका १५, समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ सदस्य छन् ।

    गण्डकीका ८५ स्थानीय तहका १ सय ७० मध्ये ८२ मतदाता नेकपाका छन् । स्थानीय तहमा कांग्रेस ८१, राप्रपा २, जनमोर्चा ३ र स्वतन्त्र २ जना छन् । स्थानीय तहमा कांग्रेस नेकपाको मतान्तर धेरै नभए पनि प्रदेशसभा सदस्य र स्थानीय तहको मतान्तर संख्या ३० छ ।

    राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका मतदाताको मतभार १८ निर्धारण गरिएको छ । गण्डकीमा स्थानीय तहको ३ हजार ६० र प्रदेश सभातर्फ २ हजार ८ सय ८० गरी ५ हजार ९ सय ४० मतभार छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.